वर्दियामा विविध कार्यकम गरी २२ औं भूकम्प सुरक्षा दिवस मनाइने

लुम्बिनी पत्र । जिल्ला विपद् व्यवस्थापन समितिले विविध कार्यकम गरी माघ २ गते पर्ने २२ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा , जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र , विभिन्न संघसंस्थाको सहकार्यमा  विविध कार्यकम गरी दिवस मनाउने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ प्रेमलाल लामिछानेले बताए ।
दिवसका अवसरमा  पुस २६देखि माघ १० गते भित्र सबै स्थानीय तहमा भूकम्प सुरक्षा सम्बन्धी अभिमुखिकरण गर्ने,  विद्यालय तथा समुदाय स्तरमा भूकम्प सुरक्षा रेली तथा कृत्रिम घटना अभ्यास कार्यकम,  भूकम्प प्रतिरोधी भवन निर्माणको प्रतिवद्वताका लागि हस्ताक्षर संकलन गर्ने , सञ्चार माध्यमबाट सचेतनामुलक सामग्रीहरू प्रकाशन तथा प्रशारण गर्ने,  भूकम्प सुरक्षासम्बन्धी नमुना प्रदर्शन गर्ने,
भूकम्प सुरक्षासम्बन्धी स्थानीय सञ्चार माध्यमले परिसंवाद कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । विपदबाट सुरक्षित हुने नागरिक अधिकार ,  पूरा गर्न जिम्मेवार संघ प्रदेश र स्थानीय सरकार  भन्ने मूल नाराका साथ दिवस मनाइने जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । नेपालमा वि.सं १९९०, २०४५ र २०७२ मा पटकपटक भूकम्प गएको भए पनि २०५५ सालदेखि मात्र भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न