सशस्त्र प्रहरीले शहीद कर्मचारीको सम्मानमा भवन नामकरण सुरु गर्यो

लुम्बिनी पत्र। सशस्त्र प्रहरी बलले कर्तव्य निर्वाह क्रममा शहीद कर्मचारीको  सम्मानमा भवन नामकरण गरेको छ । बल प्रधान कार्यालय परिसरस्थित नेपाल एपीएफ क्लब भवनको नाम ‘कृष्णमोहन स्मृति भवन’ राखी साइनबोर्ड परिवर्तन गरिएको छ । कृष्णमोहन श्रेष्ठ संगठन संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक हुन्। उनले व्यावसायिक दायित्व  निर्वाहसँगै कुशल खेलाडीका रूपमा समेत आफ्नो पहिचान बनाएका थिए ।
बलले शहीद सशस्त्र प्रहरी कर्मचारीको योगदानको कदर एवं स्मरण गर्दै आफ्ना ब्यारेक एवं अन्य भवन शहीद सशस्त्र प्रहरीको नामबाट नामकरण कार्य सुरु गरेको हो । यसै महिनामा आयोजना हुन लागेको सशस्त्र प्रहरी दिवसको अवसर पारेर बलले आफ्ना १८३ ब्यारेक तथा भवन यसै साता नामकरण गरिने कार्यक्रम छ । दायित्व निर्वाह क्रममा हालसम्म ३ सय २० सशस्त्र प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् ।शहीद घोषणा भएका सबै सशस्त्र प्रहरी कर्मचारीको नाममा क्रमशः ब्यारेक भवनको नामकरण गर्दै लगिनेछ ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न