बर्दिया प्रहरीद्वारा राजापुरमा अवैध समान बरामद
लुम्बिनी पत्र। तस्करसंगको मिलोमतोमा थोरै राजश्व लिएर राजापुर भन्सार कार्यालयका कर्मचारीले बढी समान तस्करी गराएकोमा बर्दिया प्रहरी द्वारा समान बरामद गरिएको छ ।अवैध रुपमा भन्सार छली ल्याइदै गरेको व्यापारीक प्रयोजन सामान राजापुर बजारवाट ४ जना प्रक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला लख्खिमपुर भारतका अन्दाजी ४९ बर्षका अनिम अन्सारी , राजापुर बर्दियाका बर्ष २० का सानु अन्सारी राजापुरकै ३२ बर्षीय सानुवावु अन्सारी र राजापुरकै बर्ष २० का गुप्तान अन्सारी रहेका छन् । राजापुर बजार स्थित कृषी बिकास वैंङ्क नजीकैवाट पक्राउ गरिएको हो । पक्राउ गरिएको व्यापारीक सामानमा हार्डवेयर, कस्मेटीक समान ,खेलौना कपडा लगायत रहेको बताइएको छ । पक्राउ गरिएको सामान अन्दाजी १ लाख ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। पक्राउपरेका चारै जनालाई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यलय बर्दिया पठाइएको इलाका प्रहरी कार्यालय राजापुर का प्रमुख विश्वराज खड्काले बताए ।

Comments
Post a Comment