नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउन सेनाको महत्वपूर्ण भूमिका छ: प्रधान सेनापति थापा
लुम्बिनी पत्र । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द थापाले नेपाली सेनाको विश्वसामु शिर उचो बनाउनका लागि भूतपूर्व सैनिकहरुको ठुलो त्याग, बलिदान र समर्पण रहेको बताएका छन्। मध्यपश्चिम पृतना बुटवलको आयोजनामा दाङको घोराहीमा रहेको रिपु मर्दन गण भरतपुरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरको उदघाटन गर्दै प्रधानसेनापति थापाले नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउँदै शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए।
नेपाली सेनाको शिरलाई उचो बनाउँदै भूतपूर्व सैनिकहरुको योगदानको सम्मानका लागि सेनाले विभिन्न कार्यक्रमहरु ल्याएको उनको भनाइ छ।
कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष दिगम्वर शम्शेर जवराले देशको राष्ट्रिय र अखण्डतालाई बचाउँदै नेपाललगायत विश्व समुदायमा शान्ति स्थापना गर्न भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान पुर्याएको बताए सम्मेलनमा सहभागी अवकास प्राप्त सेनाहरुको स्वास्थ्य परिक्षणसँगै अपांग भूतपूर्व सैनिक तथा उनका अपांगता भएका सन्तानहरुलाई ह्वीलचियर समेत वितरण गरिएको थियो ।
भूतपूर्व सैनिक सम्मेलनमा नेपाल सेनाका महारथी पूर्णचन्द्र थापाले अपांगता भएका भूतपूर्व नेपाली सेनाका जवान तथा उनका सन्तानहरुलाई ह्वीलचियर, बैशाखी वितरण गरे ।
त्यस्तै कार्यक्रममा भूतपूर्व सैनिकहरुलाई उद्यमशिलतामा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनाको लघुविद्य कर्जा कार्यक्रम अन्तर्गत विभिन्न अवकार प्राप्त नेपाली सेना तथा उनको परिवारलाई तीन लाख रुपैयाँ सहयोगको चेक हन्तान्तरण गरिएको थियो । सेना सम्मेलन तथा स्वास्थ्य शिविरमा दाङ, रोल्पा, प्युठान, पूर्वी रुकुम, पश्चिम रुकुम र सल्यान जिल्लाका अवकास प्राप्त सैनिकहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाली सेनासँगै राष्ट्रिय सेवा दलका विद्यार्थीहरुले नारु नृत्य, सरायो नाच, लाखे नाच, भुमे नाच, साँकेला नाच र टप्पा नाचसँगै सेनाले खुकुरी, तेक्वान्दो र पिटीलगायत प्रस्तुत गरिएको श्री रिपुमर्दन गणका गणपति कर्णेल सुमन थापा मगरले जानकारी दिए।

Comments
Post a Comment