क्यान्सर पीडित सरस्वतीको उपचारको लागि वन पैदावार उद्योग व्यवसायी संघ बर्दियाले सहयोग गर्यो
लुम्बिनी पत्र । फोक्सोको क्यान्सरले गम्भीर रूपमा ग्रसित भई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहेकी मुक्त कमैया बिपन्न परिवारकी २३ वर्षीया सरस्वती चौधरीको उपचारका लागि नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बर्दिया ले १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । संघका अध्यक्ष कुबेर के सी र आफ्नो तर्फबाट महासचिव सन्तोष अर्याल (नेत्र)ले सो सहयोग प्रदान गरेका हुन् । सहयोग रकम गुलरिया ८ गंगानगर टोल निवासी सरस्वतीका बाबु जयराम चौधरीलाई हस्तान्तरण गरिएको छ।
निजको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा आफूहरुले सहयोग गरेको बताउँदै नेपाल वन पैदावार व्यवसायी संघ बर्दियाका महासचिव अर्यालले सम्पूर्ण महानुभावहरुलाई सहयोगको लागि हार्दिक अपिल गरेका छन् ।
सहयोग गर्न चाहने महानुभावहरुले ९८२६५५६१३०
९८४८०४४५९४ मा फोन सम्पर्क गरी सरस्वती चौधरीको नाममा NICAsia Bank बारबर्दिया जयनगर शाखामा खाता नंबर ९०८७००६१३०८५२४०१ मा सहयोग रकम जम्मा गर्न सक्ने सरस्वतीका बाबु जयराम चौधरीले बताए ।


Comments
Post a Comment