हामी विद्यार्थी र नेपाल प्रहरी संगको साझेदारी विषयक वक्तृत्वकला कार्यकम आयोजना :

लुम्बिनी पत्र ।   जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया बर्दियाको आयोजनामा  हामी विद्यार्थी र नेपाल प्रहरी संगको साझेदारी विषयक वक्तृत्वकला कार्यकम आयोजना गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत श्री बगलामुखी राधाकृष्ण थारु मा वीको प्राङ्गणमा सो कार्यकम आयोजना गरिएको हो ।
बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने को प्रमुख आथित्यता र बगलामुखी मावि का प्र अ मती राम शर्माको अध्यक्षतामा भएको कार्यकममा लुम्बिनी पत्र राष्ट्रिय दैनिकका प्रकाशक यम घिमिरे, गुलरिया उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज यादव, सामुदायीक केन्द्र गुलरिया का सचिव उमेश मल्लिक लगायतको उपस्थिति छ ।  प्रतियोगितामा गुलरिया नगरका  ७ वटा माध्यमिक विद्यालयका ७ जना  विद्यार्थीहरु सहभागिता जनाएका छन् ।  कार्यक्रममा प्राध्यापक राजेन्द्र धिताल, प्रशासक मुकुन्द अर्याल र बुद्धिजीवी राधिका पौडेल निर्णायक रहेका छन् ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न