बर्दिया जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्स आयो


लुम्बिनी पत्र
गुलरिया, २८ भदौ । जिल्ला अस्पतालको आवश्यकता र माँग बमोजिम स्वास्थ्य मन्त्रालयले बिभागबाट बर्दिया जिल्ला अस्पतालाइ एउटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ । स्वास्थ्यमन्त्रीको निर्देशन अनुसार बिभागले जिल्ला अस्पताललाइ एम्बुलेन्स उपलब्ध गराएको हो ।
भदौ ७ गते बर्दिया आएका स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसंग अस्पताल प्रशासनले एम्बुलेन्स नहुदा समस्या भएको कुरा राखे लगतै मन्त्रीे यादवले मन्त्रालयमा राखेको एम्बुलेन्स ल्याउन भनेका थिए । उनले तत्कालै छ बिभागका निर्देशकलाइ फोन गरि मन्त्रालयमा रहेको एम्बुलेन्स बर्दिया पठाइदिन निर्देशन पनि दिएका थिए ।
मन्त्री ज्युले भने बर्दिया जिल्ला अस्पतालबाट डाइभर र कर्मचारीलाइ एम्बुलेन्स लिन मन्त्रालय पठाए लगतै जिल्ला अस्पतालमा एम्बुलेन्स प्राप्त भएको हो ।
मन्त्री जीको पहलमा एम्बुलेन्स पाउँदा हामीलाइ धेरै खुशी लागेको छ ः बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुभाष पाण्डले भने, पुरानो एम्बुलेन्स मर्मतमा बर्षेनी ३ ४ लाख  खर्च हुन्थ्यो अब त्यो खर्च अस्पतालले औषधी किन्न वा अन्य रचनात्मक काममा प्रयोग गर्न पाउने भएको छ ।
जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्स  आएपछि ग्रामीण भेगबाट बर्दिया जिल्ला अस्पतालमा उपचार गराउन आउनुपर्ने आफुजस्ता बिरामीहरुलाइ निकै सहज भएको बारबर्दिया ६ की सीमा आचार्यले बताइन । अस्पतालाइ भारतीय दुतावास मार्फत करिब १५बर्ष अगाडि  प्राप्त एम्बुलेन्स निकै पुरानो भइसकेको अवस्थामा नयाँ एम्बुलेन्स आएपछि निकै सुविधा भएको छ । 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न