अग्रवाल सहितको टोलीद्वारा भारतीय राजदूतसंग भेट, मुर्तीहा नाका बारे छलफल लुम्बिनी पत्र


लुम्बिनी पत्र

नेपालगञ्ज, भदौ ३० । बर्दियाको एक प्रतिनिधि मण्डलले भारतीय राजदूत मञ्जीवसिंह पुरीसंग शुक्रवार साँझ नेपालगञ्जमा भेटवार्ता गरि बर्दियाको समग्र विकास तथा शैक्षिक सहयोगका बारेमा छलफल गरेको छ ।


नेपाल भारत मैत्री संघका केन्द्रिय सल्लाहकार एंव बबइ बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख बिनोद अग्रवाल सहितको टोलीले राजदूत पुरीलाइ भेट गरि गुलरिया मुर्तीहा नाका सञ्चालनका लागि विशेष पहलकदमी लिन अनुरोध गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गुलरिया मुर्तीहा नाका सञ्चालनमा ल्याउने निर्णयलाइ भारत सरकारका तर्फबाट ढिलाइ भएकाले तत्काल सो निर्णय कार्यान्वयन गर्न गराउन राजदूत पुरीसंग अनुरोध गरेका छौ ः प्रमुख अग्रवालले भने , राजदूत अत्यन्तै सकारात्मक भएको पायौं , छिटोछरितो काम अघि बढला । भेटमा भारतीय राजदूतसंग राजदुतावासमा निकै अगाडि बढिसकेको बबई बहुमुखी क्याम्पस गुलरियाको क्याम्पस भवन, सरस्वती मा.वि.जमुनी स्कुल भवन निर्माण सम्बन्धि परियोजना र नेपाल भारत मैत्रीसंघ बर्दियाका लागि एम्बुलेन्स तथा तथा शववाहन उपलब्धताका गराउने बारेमा सहज र मैत्रीपुर्ण वातावरणमा छलफल तथा अनुरोध गरिएको छ ।
नेपालगञ्ज स्थित होटल सोल्टीमा भएको राजदूतसंग भेट गर्ने टोलीमा नेपाल– भारत मैत्री संघसंग आबद्ध ने.क.पा.का नेता धनेश यादव, नेपाली कांग्रेसका नेता महेन्द्रप्रकाश शर्मा , पुर्व सांसद संघीय समाजवादी फोरमका नेता काशीम सिद्धीकी, गुलरिया उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज यादव, युवा उद्यमी मनोज वर्मा समेतको सहभागीता रहेको थियो ।

 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न