शिक्षाका लागि २० करोड बजेट विनियोजन गरेको अध्यक्ष कक्षपतिको भनाइ


लुम्बिनी पत्र
खजुरा, भदौ १९ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पर्याप्त बजेट र उपयुक्त नीति तथा कार्यक्रम बनाइ खजुरा गाउँपालिका शैक्षिक सुधारका लागि दृढताका साथ अगाडि बढेको बताएका छन् ।  
शैक्षिक गुणस्तर सुधारका लागि सामुहिक प्रतिबद्धता कार्यक्रमलाइ सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष कक्षपतिले एक वर्षभित्र शैक्षिक सुधार गर्ने विद्यालयलाई अनुदान थप गर्ने जानकारी दिँदै खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षाका लागि  २० करोड बजेट विनियोजन गरेको बताए । 

शिक्षा विकास समन्वयन इकाई प्रमुख गोरखबहादुर थापाले शिक्षकहरुले पेशागत जिम्मेवारी, मूल्यमान्यता र मर्यादा पालना गरेको खण्डमा देशका भविष्यका कर्णधार विद्यार्थीको शिक्षाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा राजनीतिक सल्लाहकार भीम वलीले भोलिदेखि नै कार्यान्वयनमा आउने बुँदाहरु कार्यान्वयन गर्न शुरु गरेर यसलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न