युवा उद्यमी बिरबहादुर चौधरी थारु कल्याणकारिणी सभा बर्दियाको सभापतिमा निर्वाचित


लुम्बिनी पत्र
गुलरिया, ३० भदौ । युवा उद्यमी बिरबहादुर  चौधरी थारु कल्याणकारिणी सभा बर्दियाको सभापतिमा निर्वाचित भएका छन् । 
शनिवार सम्पन्न सातौ अधिवेशनले  थारु महिला उत्थान केन्द्रकी अध्यक्ष प्रिज्मा सिंह थारुलाइ भारी मतले हराउदै चौधरी अध्यक्षमा निर्वाचित चएका छन् । चौधरीले ४८ मत पाइ विजयी भने उनका प्रतिद्धन्दी थारुले २४मत पाइन ।
गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका चौधरी थारु कल्याणकारीणी सभाको जिल्ला सभापतिमा निर्वाचित हुनुलाइ अर्थपुर्ण रुपमा हेरिएको छ । 
चौधरीले बर्दिया, बाँके लगायत पश्चिम नेपालमा थारु कल्याणकारिणी सभाको आन्दोलनलाइ नयाँ उचाइमा पुरयाउन र थारुहरुलाइ अधिकारसम्पन्न गराउन विगतदेखि सकारात्मक भुमिका खेल्दै आएका थिए ।
लुम्बिनी पत्र तथा प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले शुक्रवार नै चौधरीलाइ भेटी बधाइदिदै थारु आदिवासी जनजातिहरुलाइ आर्थिक ,समाजिक, राजनैतिक हिसाबले अधिकार सम्पन्न गराउन र बर्षोदेखि समाजमा विधमान सामाजिक सद्भाव र आत्मीयता अभिबृद्धि गर्न सुझाव दिए । 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न