प्रेस युनियनले प्रदान गर्ने पन्नालाल गुप्त पत्रकारिता पुस्कारको राशी बृद्धि


लुम्बिनी पत्र

नेपालगञ्ज, भदौ २८ । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कारको कोषमा रकम बृद्धि हुने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको संझनामा स्थापनामा गरिएको सो पुरस्रकारको कोषमा उनका छोरा पुर्व मेयर विजय गुप्ताले २लाख रकम थपिदिने भएपछि कोषमा रकम बृद्धि हुन लागेको हो ।
आफना बाबुको जन्मलिनमा उनका जेठा छोरा तथा पूर्व मेयर विजय गुप्ताले बाुबको  योगदानलाई जीवन्त राख्न ‘पन्नालालगुप्ता’ प्रतिष्ठान वनाउने कोषमा परिवारको तर्फवाट २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाले कोषमा रकम बृद्धि हुने भएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले बताए।
नेपाल प्रेस युनियन बाँकेले आगामी दिनमा पुरस्कार कोष कम्तीमा ५ लाखको वनाई आसन्न अधिवेशनदेखि नै २५ हजार रुपैयाँ राशीको सो पुरस्कार वितरण गरिने प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले जानकारी दिए ।
प्रेस स्वतन्त्रता सेनानी नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष पन्नालाल गुप्त ‘चाचाजी’ ९० औं जन्मदिन बुधवार विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला, नेपालगञ्ज उप–महानगरकी उपमेयर कंग्रेस नेतृ उमा थापा, राजपाका केन्द्रीय सदस्य रामकुमार दिक्षित लगायतको उपस्थिति थियो ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न