युनिक नेपालले पश्चिम नेपालको विकास र गरिबी निवारणमा योगदान पुरयाएकोमा प्रंशसा




लुम्बिनी पत्र
राजापुर, २९ भदौ । गुलरिया, समुन्नत र समृद्ध समाज निर्माण युनिकको अभियान भन्ने नाराका साथ युनिकनेपालको एघारौ महाधिवेशन तथा तेइसो वार्षिक साधारण सभा  गुलरियामा शुरु भएको छ। 
साधारण सभा तथा अधिवेशनको पुर्वमन्त्री एंव युनिक नेपालका संरक्षक गोपाल दहितले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । 
साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै पुर्वमन्त्री दहितले युनिक नेपालले शिक्षा, कृषि,स्वास्थ्य, जैविक विविधता,लघुबितm र सीप विकासका साथै भौतिक निर्माण तथा पुर्ननिर्माण कार्यक्रम सञ्चालन गरेर पश्चिम नेपालको विकास तथा विपन्न परिवारको आयआर्जनमा योगदान पुरयाएको बताए ।
पुर्वमन्त्री चौधरीले गरिबी न्युनीकरण गर्ने सहश्राब्दी विकास लक्ष्यमा सरकारी गैर सरकारी निकायसंग हातेमालो गर्ने महान अभियानका साथ युनिक नेपालले विपन्न परिवारका महिलाहरुलाइ निकै लाभ पुरयाएको बताउदै युनिक नेपालले गरेको कामको सबैले प्रंशसनिय रहेको विचार ब्यक्त गरे ।
युनिक नेपालका अध्यक्ष देवमान चौधरीले बर्दियाको राजापुर नगरपालिका वडा नं २ जोतपुरबाट युवाहरुको सानो समुहबाट शुरु भएको अभियान आज चार जिल्लामा विस्तार भइ ८०हजार सदस्यहरुलाइ विभिन्न सेवा प्रदान गर्दे आएकोमा आफु अत्यन्तै हर्षित भएको बताए । 
युनिक नेपालका बोर्ड अफ डाइरेक्टर सन्तराम  धरकटुवा थारुले बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा ३६ शाखा स्थापना गरि लघुवितm कार्यक्रम सञ्चालन गरि ग्रामीण क्षेत्रका विपन्न परिवारका महिलाहरुलाइ आफुहरुले लाभ पुरयाइ रहेको बताए । 
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे युनिक नेपालका महासचिव महादेव चौधरीले विगत २२ बर्षदेखि शिक्षा, कृषि, स्वास्थ्य , जैविक विविधता, सीप विकासका क्षेत्रमा पनि काम गरेको संस्थाले हाल लघुवितm, सिम परियोजना, स्थानीय शान्तिका लागि सुन्दर नेपाल परियोजना सञ्चालन गरिरहेको जानकारी दिए। 
साधारण सभा तथा अधिवेशनको उद्घाटन कार्यक्रममा उपस्थित भएका गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, नेपाली कांग्रेसका प्रतिनिधि कैलाश अधिकारी, राप्रपाका मेघनाथ अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्रप्रसाद धिताल लगायतले युनिक नेपालले गरेका कामहरुको प्रशंसा गर्दे योग्य र सक्षम नेतृत्व चयनको निम्ति शुभकामना दिए। 


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न