छोरीबेटी बचाउनका लागि भ्रुण हत्या र महिला हिंसा नियन्त्रण अभियान शुरु गरिने


लुम्बिनी पत्र गुलरिया, भदौ ३० । छोरीबेटी बचाउनका लागि गुलरिया नगरपालिकामा भ्रुण हत्या तथा महिला  िहंसा नियन्त्रण अभियान शुरु गरिने भएको छ । वडा नं६को कार्यालय गुलरिया बजारले शनिवार गरेको एक कार्यक्रममा उपप्रमुख सुशीला गिरीले नगरका १२वटै वडामा केही दिनभित्र बेटी बचाउनका लागि भ्रुण हत्या तथा महिला हिंसा नियन्त्रण सम्बन्धि विशेष अभियान चलाउने बताइन ।भौतिक विकास मात्र नगरको समग्र विकास नभएकाले सामाजिक रुपान्तरण मार्फत  समग्र विकासका लागि भ्रुण हत्या तथा महिला हिंसा नियन्त्रण र बेटी बचाउ अभियान जस्तो महत्वपुर्ण सामाजिक अभियान शुरु गर्न लागिएको उनको भनाइ छ । बेटी बचाउ अभियानका लागि भ्रुण हत्या र महिला हिंसा नियन्त्रणमा आफुहरुको विशेष चासो रहने बताउदै नगर उपप्रमुख गिरीले अभियानलाइ सबैतिरबाट सकारात्मक सहयोग हुने विश्वास ब्यक्त गरिन । नगरले सानो कामबाट छोरी बचाउने अभियान सुरु गर्न लागेको बताउदै अभियानबाट छोरी जन्माएपछि नाक खुम्च्याउने प्रवृत्ति निरुत्साहित भइ महिला माथिको विभेद पनि कम हुने उनको विश्वास छ । ७० हजारको हाराहारीमा जनसंख्यामा रहेको गुलरिया नगरपालिका महिलाको संख्या पुरुषको भन्दा ४हजार कम रहेकाले पनि बेटी बचाउ अभियान सार्थक हुने प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र पौडेलेको भनाइ छ ।  नगरपालिकामा पुरुषको ३७ हजार पुरुष र महलिाको संख्या ३३हजार छ । प्रतिशतमा भन्दा महिला भन्दा पुरुषको संख्या ११ प्रतिशत बढि छ जबकी देशको कुल जनसंख्यामा महिलाको संख्या पुरुषको बढि छ । नेपाल जनसंख्या समय लाइभका अनुसार हाल देशको कुल जनसंया २करोड ९६लाख ७हजार २सय ९७ मध्ये पुरुषको संख्या ४९दशमलव ६ अर्थात १करोड ४६लाख ८५हजार ३सय १८ र महिलाको संख्या ५०दशमलव ४ अर्थात १करोड ४९लाख २१हजार ९सय ८१ रहेको छ । गुलरिया नगरपालिका वडा नं. ७ का वडा सदस्य एंव नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीले निजी क्लिनिकहरु भ्रुण हत्या गर्ने गराउने प्रबृति बढि भएकाले निजी क्लीनिकहरुमा सरकारले विशेष निगरानी राख्नुपर्ने बताउदै मिडियाको सहयोगले अभियान प्रभावकारी र सफल हुने भएकाले अभियान सञ्चालन गर्दा मिडियासंग  समन्वय राख्नुपर्ने बताए।नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धितालले नगरपरिषदबाट ‘छोरी बचाउ अभियान’ सुरु गर्नुपर्ने बताए ।  भ्रुण हत्याका लागि पहिचान गर्नकै लागि मानिसहरु भारतको लखनउ, बहराइच, मिहीपुर्वा गोरखपुरसम्म जाने गरेको बताउदै  अध्यक्ष धितालले वडा कार्यालय तथा  नगरपालिकाले ल्याउने बेटीबचाउ अभियान सकारात्मक भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।६नम्बर वडा कार्यालयका अध्यक्ष निरज शर्माले नेपाल र  भारतमा पनि भ्रुण हत्या गैरकानूनी भएपनि लुकाइ छिपाई, अवैध तरिकाले डाक्टर, क्लिनिक तथा अस्पतालहरुले पनि यसलाई कमाइखाने भाँडो बनाइरहेकोले त्यसलाइ रोक्न प्रहरी प्रशासन र सरकारले विशेष चासो दिनुपर्ने बताउछन् ।अधिकवक्ता सुर्यमोहन सापकोटाले हत्या रोक्नका लागि महानगरपालिकाले त्यसमा संलग्न डाक्टर, अभिभावक र अवैध रुपमा गराउने नीजि क्लीनिक तथा अस्पतालहरुलाई निगरानी गर्ने र कारबाही गर्नुपर्ने बताउदै आम मानिसको चेतना परितर्वन गराउने खालको अभियान चलाउने र भ्रुण हत्या गराएको पत्ता लागे कडा कारबाही गर्नुपर्ने नीति अबलम्वन गनपर्ने आवश्यकतमा जोड दिए ।्गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले शिक्षाको स्तर कम भएको नगरका अधिकांश महिला अशिक्षित भएका  कारण गर्भधारण गर्दा छोरा छोरीको विषय ठूलो भइ भु्रण परिक्षण गराउन सीमापारी जाने गर्भ परिक्षण गराएर छोरी हुँदा गर्भपतन समेत पारिनै गराउने परिपाटीले गर्दा अधिकांश घटनाहरु बाहिर नआउने गरेको उनको भनाइ छ । लिंग परिक्षणका आधारमा गर्भपतन गराउनु कानुनी अपराध भएपनि भारतबाट अवैद्यरुपमा गर्भपतन गराउने औषधि ल्याएर पनि प्रयोग गर्ने गरिएको उनले बताए । छोरी भएकै कारण गर्भपतन गराउनेको संख्या जिल्लामा उल्लेख्य भएपनि यी क्रियाकलापहरु लुकाई छिपाई हुने गरेकोले बाहिर आउन सकेको छैन्। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न