Posts

Showing posts from 2018

कुरुम्बांगलाइ भोटिंग गरि उत्कृष्ट बनाऔं ।

Image

युनिकले वित्तीय संस्थाको रुपमा बितीय कारोवार गर्ने इजाजत पायो, ५ र ७ नंं.का ग्रामीण क्षेत्रका सर्वसाधरणलाइ सहज रुपमा सेवा उपलब्ध हुने

Image
लुम्बिनीपत्र /पी सी एन कोहलपुर, मंसीर २। युनिक नेपाल  युनिक नेपाल बित्तीय संस्था लिमिटेडले “घ” वर्गको बित्तीय संस्थाको रुपमा बितीय कारोवार गर्न इजाजतपत्र पाएको छ ।  नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालय बैंक तथा बितीय संस्था नियमन बिभाग बालुवाटार काठमाडौले बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन २०७३को दफा ३४ले दिएको अधिकार प्रयोग गरि २०७५साल कार्तिक २५गते सो इजाजतपत्र प्रदान गरेको हो।  बाँकेको कोहलपुरनगरपालिका वडा नं. ११मा मुख्य कार्यालय रहि बर्दिया, बाँके, कैलाली, कञ्चनपुर दाङ्ग, कपिलवस्तु, रुपेन्देही, नवलपरासी, सुर्खेत र डडेल्धुरा कार्यक्षेत्र भएको युनिक नेपाल लघुवित बित्तीय संस्था लिमिटेडले बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन २०७३को दफा ४९ उपदफा ४ तथा नेपाल राष्ट्र बैंकबाट जारि निर्देशन एंव शर्तहरुको अधिनमा रहि बित्तीय कारोवार सञ्चालन गर्नुपर्ने कार्यकारी निर्देशक नारायण पौडेलले बताए ।  धेरै लामो समयको पर्खाइपछि नेपाल राष्ट्र बैंक बाट युनिक नेपाल लघुबित्त बित्तीय सस्था लिमिटेड घ बर्ग को बैंक को लाइसेन्स प्राप्त गरेकोमा युनिक नेपालका अध्यक्ष प्रिमबहाद...

ज्वाँइ जेठानको एकैठाउमा अन्त्येष्ठी

Image
लुम्बिनीपत्र /पी सी एन कात्तिक १८ । सवारी दुर्घटनामा परि ज्यान गुमाएका नेपाली कांग्रेसका पुर्व क्षेत्रीइ प्रतिनिधि एंव व्यवसायी इन्द्र भटराइ तथा अर्का व्यवसायी एंव एमाले नेता काशीचन्द्र न्यौपानेको आइतवार खौराहघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्यष्टी समारोहमा सयौ कार्यकर्ता ,शुभेच्छुकहरुको सहभागिता थियो ।  बाँकेको कोहलपुर विद्युत चोक नजिक सिदार्थ होटलको बा ६ च ८२९९ नम्बरको ल्याण्डरोभर गाडीले भे ८ प २४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका १ भूरिगाउँका ५५ वर्षिय न्यौपाने र ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्धाराका ५० वर्षिय भट्टराईको ज्यान गएको थियो ।  दुर्घटनामा ज्यान गुमाएका मध्ये काँशीचन्द्र न्यौपाने ज्वाई र इन्द्रप्रसाद भट्टराई जेठान  हुन ।  ठाकुरबाबा नगरपालिका वडा नंं. ९का इन्द्र भट्टराइ र ठाकुरबाबा १का काशीचन्द्र न्यौपानेको अन्त्येष्ठी समारोहमा उपस्थित भइ नेपाली कांग्रेसका महासमिति सदस्य विद्याप्रसाद खनाल र तेजबहादुर भाट, एमालेका नेता तथा सांसद बिमला बि.क., प्रदेश सांसद कुलप्रसाद पोखरेल लगायतका नेता तथा कार्यकर्ता अ...

वनको जग्गा कारखानाको नाममा

Image
लुम्बिनीपत्र गुलरिया, कार्तिक ४ ।  मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक वनको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य खुलेको हो । कारखानाले जोभा प्राकृतिक सामुदायिक वनको १३ कट्ठा पाँच धुर जग्गा आफ्नो नाममा दर्ता गराएको देखिएको छ । मालपोत कार्यालय सिरहाको अभिलेखअनुसार कारखानाले सो जग्गा विस २०७३ पुस ३ गते कित्ताकाट गराएको देखिन्छ । कारखानाका लागि मोरङ विराटनगरका मनोज राठीको नाममा मालपोत कार्यालय सिरहाबाट कित्ताकाट गराएको पाइएको छ । डिभिजन कार्यालय सिरहाका वन प्रमुख सुनिलकुमार सिंह सरकारले विसं २०५१ चैत ५ गते जोभा प्राकृतिक सामुदायिक वनका रूपमा हस्तान्तरित ३१ हेक्टरमध्ये गोरखनाथ गणलाई दिई बाँकी रहेको १८ हेक्टर वन क्षेत्रको १३ कट्ठा ५ धुर जग्गा राठीको नाममा दर्ता पाइएको छ । उहाँले यस सम्बन्धमा कानूनबमोजिम जाँचबुझ अनुसन्धान प्रक्रिया शुरू गरिएको र दोषीउपर वन ऐनबमोजिम कारवाही गरिने बताएको रा.स.स.ले जनाएको छ ।  x

फागुन ३ गते सार्वजनिक बिदा , असोज २ गते नेपाल बन्द

लुम्बिनी पत्र मधुवन, असोज १ ।  प्रदेश ५ सरकारले  फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउनका लागि सार्वजनिक बिदा दिएको छ ।  जिल्ला तथा स्थानीय तहमा बिविध कार्यक्रमसहित दिवस मनाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।  प्रदेश सरकारले असोज ३ गतेकोे संविधान दिवसलाइ पनि विविध कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ । माओवादी पूर्व जनमुक्ति सेना पार्टी नेपालले असोज २ गते नेपाल बन्द आव्हान गरेको छ।  आइतबार विज्ञप्ति समेत जारी गर्दै निर्मला पन्तका हत्यारालाई कानुनी कठघरामा ल्याउन सरकारलाइ दवाब दिन बन्द आवहान गरिएको अध्यक्ष रञ्जित गुरुंगले जारि गरेको विज्ञप्तीमा भनिएको छ। 

अग्रवाल सहितको टोलीद्वारा भारतीय राजदूतसंग भेट, मुर्तीहा नाका बारे छलफल लुम्बिनी पत्र

Image
लुम्बिनी पत्र नेपालगञ्ज, भदौ ३० । बर्दियाको एक प्रतिनिधि मण्डलले भारतीय राजदूत मञ्जीवसिंह पुरीसंग शुक्रवार साँझ नेपालगञ्जमा भेटवार्ता गरि बर्दियाको समग्र विकास तथा शैक्षिक सहयोगका बारेमा छलफल गरेको छ । नेपाल भारत मैत्री संघका केन्द्रिय सल्लाहकार एंव बबइ बहुमुखी क्याम्पस गुलरियाका क्याम्पस प्रमुख बिनोद अग्रवाल सहितको टोलीले राजदूत पुरीलाइ भेट गरि गुलरिया मुर्तीहा नाका सञ्चालनका लागि विशेष पहलकदमी लिन अनुरोध गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट गुलरिया मुर्तीहा नाका सञ्चालनमा ल्याउने निर्णयलाइ भारत सरकारका तर्फबाट ढिलाइ भएकाले तत्काल सो निर्णय कार्यान्वयन गर्न गराउन राजदूत पुरीसंग अनुरोध गरेका छौ ः प्रमुख अग्रवालले भने , राजदूत अत्यन्तै सकारात्मक भएको पायौं , छिटोछरितो काम अघि बढला ।  भेटमा भारतीय राजदूतसंग राजदुतावासमा निकै अगाडि बढिसकेको बबई बहुमुखी क्याम्पस गुलरियाको क्याम्पस भवन, सरस्वती मा.वि.जमुनी स्कुल भवन निर्माण सम्बन्धि परियोजना र नेपाल भारत मैत्रीसंघ बर्दियाका लागि एम्बुलेन्स तथा तथा शववाहन उपलब्धताका गराउने बारेमा सहज र मैत्रीपुर्ण वातावरणमा छलफल तथा अनुरोध...

छोरीबेटी बचाउनका लागि भ्रुण हत्या र महिला हिंसा नियन्त्रण अभियान शुरु गरिने

Image
लुम्बिनी पत्र  गुलरिया, भदौ ३० । छोरीबेटी बचाउनका लागि गुलरिया नगरपालिकामा भ्रुण हत्या तथा महिला  िहंसा नियन्त्रण अभियान शुरु गरिने भएको छ ।  वडा नं६को कार्यालय गुलरिया बजारले शनिवार गरेको एक कार्यक्रममा उपप्रमुख सुशीला गिरीले नगरका १२वटै वडामा केही दिनभित्र बेटी बचाउनका लागि भ्रुण हत्या तथा महिला हिंसा नियन्त्रण सम्बन्धि विशेष अभियान चलाउने बताइन । भौतिक विकास मात्र नगरको समग्र विकास नभएकाले सामाजिक रुपान्तरण मार्फत  समग्र विकासका लागि भ्रुण हत्या तथा महिला हिंसा नियन्त्रण र बेटी बचाउ अभियान जस्तो महत्वपुर्ण सामाजिक अभियान शुरु गर्न लागिएको उनको भनाइ छ ।  बेटी बचाउ अभियानका लागि भ्रुण हत्या र महिला हिंसा नियन्त्रणमा आफुहरुको विशेष चासो रहने बताउदै नगर उपप्रमुख गिरीले अभियानलाइ सबैतिरबाट सकारात्मक सहयोग हुने विश्वास ब्यक्त गरिन । नगरले सानो कामबाट छोरी बचाउने अभियान सुरु गर्न लागेको बताउदै अभियानबाट छोरी जन्माएपछि नाक खुम्च्याउने प्रवृत्ति निरुत्साहित भइ महिला माथिको विभेद पनि कम हुने उनको विश्वास छ ।  ७० हजारको हाराहारीमा जनसंख्यामा रहेको गुलरिया नगरप...

युनिक नेपालले पश्चिम नेपालको विकास र गरिबी निवारणमा योगदान पुरयाएकोमा प्रंशसा

Image
लुम्बिनी पत्र राजापुर, २९ भदौ । गुलरिया, समुन्नत र समृद्ध समाज निर्माण युनिकको अभियान भन्ने नाराका साथ युनिकनेपालको एघारौ महाधिवेशन तथा तेइसो वार्षिक साधारण सभा  गुलरियामा शुरु भएको छ।  साधारण सभा तथा अधिवेशनको पुर्वमन्त्री एंव युनिक नेपालका संरक्षक गोपाल दहितले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।  साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै पुर्वमन्त्री दहितले युनिक नेपालले शिक्षा, कृषि,स्वास्थ्य, जैविक विविधता,लघुबितm र सीप विकासका साथै भौतिक निर्माण तथा पुर्ननिर्माण कार्यक्रम सञ्चालन गरेर पश्चिम नेपालको विकास तथा विपन्न परिवारको आयआर्जनमा योगदान पुरयाएको बताए । पुर्वमन्त्री चौधरीले गरिबी न्युनीकरण गर्ने सहश्राब्दी विकास लक्ष्यमा सरकारी गैर सरकारी निकायसंग हातेमालो गर्ने महान अभियानका साथ युनिक नेपालले विपन्न परिवारका महिलाहरुलाइ निकै लाभ पुरयाएको बताउदै युनिक नेपालले गरेको कामको सबैले प्रंशसनिय रहेको विचार ब्यक्त गरे । युनिक नेपालका अध्यक्ष देवमान चौधरीले बर्दियाको राजापुर नगरपालिका वडा नं २ जोतपुरबाट युवाहरुको सानो समुहबाट शुरु भएको अभियान आज चार जिल्ला...

युवा उद्यमी बिरबहादुर चौधरी थारु कल्याणकारिणी सभा बर्दियाको सभापतिमा निर्वाचित

Image
लुम्बिनी पत्र गुलरिया, ३० भदौ । युवा उद्यमी बिरबहादुर  चौधरी थारु कल्याणकारिणी सभा बर्दियाको सभापतिमा निर्वाचित भएका छन् ।  शनिवार सम्पन्न सातौ अधिवेशनले  थारु महिला उत्थान केन्द्रकी अध्यक्ष प्रिज्मा सिंह थारुलाइ भारी मतले हराउदै चौधरी अध्यक्षमा निर्वाचित चएका छन् । चौधरीले ४८ मत पाइ विजयी भने उनका प्रतिद्धन्दी थारुले २४मत पाइन । गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका चौधरी थारु कल्याणकारीणी सभाको जिल्ला सभापतिमा निर्वाचित हुनुलाइ अर्थपुर्ण रुपमा हेरिएको छ ।  चौधरीले बर्दिया, बाँके लगायत पश्चिम नेपालमा थारु कल्याणकारिणी सभाको आन्दोलनलाइ नयाँ उचाइमा पुरयाउन र थारुहरुलाइ अधिकारसम्पन्न गराउन विगतदेखि सकारात्मक भुमिका खेल्दै आएका थिए । लुम्बिनी पत्र तथा प्रेस क्लब अफ नेपालका अध्यक्ष यम घिमिरेले शुक्रवार नै चौधरीलाइ भेटी बधाइदिदै थारु आदिवासी जनजातिहरुलाइ आर्थिक ,समाजिक, राजनैतिक हिसाबले अधिकार सम्पन्न गराउन र बर्षोदेखि समाजमा विधमान सामाजिक सद्भाव र आत्मीयता अभिबृद्धि गर्न सुझाव दिए । 

बर्दिया निकुञ्जमा पर्यटक प्रवेशका लागि नयाँ प्रवेशद्वार खुल्ने भो

Image
लुम्बिनी पत्र ठाकुरद्वारा, २९ भदौ।  निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेको पर्यापर्यटनको संभावनालाइ दृष्टिगत गरि बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेशका लागि ४वटा नयाँ प्रवेशद्वार खोलिने भएको छ। जिल्लाका बिभिन्न स्थानीय तह तथा पर्यटन व्यवसायीहरुबाट माँग भए बमोजिम राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले निकुञ्जको बञ्जरिया रेञ्जपोष्ट, अम्रेनी पोष्ट, रम्भापुर सेक्टर र चेपांग रेन्जपोष्टबाट नयाँ प्रवेशद्धार खोल्ने निर्णय गरेको हो । यो संगै बर्दिया निकुञ्ज प्रवेश गर्ने प्रवेशद्वारको संख्या ५ पुग्ने छ । निकुञ्जमा हाल ठाकुरद्वारामा मात्र प्रवेशद्वार छ ।  बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा स्थानीय तह र पर्यटन व्यवसायीको माँग  अनुसार पर्यटक प्रवेशका लागि नयाँ प्रवेशद्वार खोल्न विभागमा लेखि पठाएको थियोे र सोही बमोजिम बिभागले निर्णय को पत्र आफुहरुलाइ प्राप्त भएको सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए ।  असोजको दोस्रो हप्तादेखि नयाँ प्रवेशद्धारबाट पर्यटक भित्रयाउने गरि काम गरि स्थानीय निकायसंग समन्वय कर्मचारी व्यवस्थापन, टिकट काउन्टरको निर्माण...

प्रेस युनियनले प्रदान गर्ने पन्नालाल गुप्त पत्रकारिता पुस्कारको राशी बृद्धि

Image
लुम्बिनी पत्र नेपालगञ्ज, भदौ २८ । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कारको कोषमा रकम बृद्धि हुने भएको छ । प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको संझनामा स्थापनामा गरिएको सो पुरस्रकारको कोषमा उनका छोरा पुर्व मेयर विजय गुप्ताले २लाख रकम थपिदिने भएपछि कोषमा रकम बृद्धि हुन लागेको हो । आफना बाबुको जन्मलिनमा उनका जेठा छोरा तथा पूर्व मेयर विजय गुप्ताले बाुबको  योगदानलाई जीवन्त राख्न ‘पन्नालालगुप्ता’ प्रतिष्ठान वनाउने कोषमा परिवारको तर्फवाट २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाले कोषमा रकम बृद्धि हुने भएको नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले बताए। नेपाल प्रेस युनियन बाँकेले आगामी दिनमा पुरस्कार कोष कम्तीमा ५ लाखको वनाई आसन्न अधिवेशनदेखि नै २५ हजार रुपैयाँ राशीको सो पुरस्कार वितरण गरिने प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । प्रेस स्वतन्त्रता सेनानी नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष पन्नालाल गुप्त ‘चाचाजी’ ९० औं जन्मदिन बुधवार विविध कार्यक्रमको आयोजना गरि मनाईएको छ । कार्यक्रममा नेपाली ...

बर्दिया जिल्ला अस्पतालमा नयाँ एम्बुलेन्स आयो

Image
लुम्बिनी पत्र गुलरिया, २८ भदौ । जिल्ला अस्पतालको आवश्यकता र माँग बमोजिम स्वास्थ्य मन्त्रालयले बिभागबाट बर्दिया जिल्ला अस्पतालाइ एउटा एम्बुलेन्स सहयोग प्रदान गरेको छ । स्वास्थ्यमन्त्रीको निर्देशन अनुसार बिभागले जिल्ला अस्पताललाइ एम्बुलेन्स उपलब्ध गराएको हो । भदौ ७ गते बर्दिया आएका स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसंग अस्पताल प्रशासनले एम्बुलेन्स नहुदा समस्या भएको कुरा राखे लगतै मन्त्रीे यादवले मन्त्रालयमा राखेको एम्बुलेन्स ल्याउन भनेका थिए । उनले तत्कालै छ बिभागका निर्देशकलाइ फोन गरि मन्त्रालयमा रहेको एम्बुलेन्स बर्दिया पठाइदिन निर्देशन पनि दिएका थिए । मन्त्री ज्युले भने बर्दिया जिल्ला अस्पतालबाट डाइभर र कर्मचारीलाइ एम्बुलेन्स लिन मन्त्रालय पठाए लगतै जिल्ला अस्पतालमा एम्बुलेन्स प्राप्त भएको हो । मन्त्री जीको पहलमा एम्बुलेन्स पाउँदा हामीलाइ धेरै खुशी लागेको छ ः बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुभाष पाण्डले भने, पुरानो एम्बुलेन्स मर्मतमा बर्षेनी ३ ४ लाख  खर्च हुन्थ्यो अब त्यो खर्च अस्पतालले औषधी किन्न वा अन्य रचनात्मक काममा प्रयोग गर्न पाउने भएको छ ।...
Image
लुम्बिनी पत्र बर्दिया, २२ भदौ । १५औ निजामति सेवा दिवस २०७५ का उपलक्ष्यमा बर्दियामा ६जना राष्ट्रसेवक कर्मचारीहरु सम्मानित भएका छन् । निजामति सेवामा रहि आर्थिक बर्ष ०७४÷०७५मा जिल्लामा गरेको कार्यको उच्च मुल्यांकन गरि उनीहरुलाइ सम्मान गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष प्रेमचन्द्र भुषालले बताए । सम्मानित हुनेमा बबइ भादा औरही नदी व्यवस्थापन आयोजनका तत्कालिन प्रमुख नारायणप्रसाद सुवेदी, कर्णाली नदी व्यवस्थापन आयोजनाका लेखा अधिकृत ज्ञानप्रसाद ज्ञवाली,मालपोत कार्यालय गुलरियाका नायब सुब्बा रविन्द्रबहादुर थापा, महिला विकास निरीक्षक शिला शाह, इलाका हुलाक कार्यालय राजापुरका हल्कारा जोधनलाल थारु र कार्यालय सहायक खेमराज वि.क. रहेका छन् । सम्मानित हुने राष्टसेवक कर्मचारीहरु जिल्ला न्यायाधिश किरणकुमार पोखरेल  र निमितm प्रमुख जिल्ला अधिकारी महेन्द्रध्वज शाहीले दोसल्ला ओढाइ , अविर लगाइ सम्मान पत्र प्रदान गरि सम्मान गरेका हुन । निजामति सेवा दिवस २०७५मुल समारोह समिति बर्दियाले गठन गरेको कर्मचारी मिलन केन्द्रका अध्यक्ष प्रेमचन्द भुषालको अध्यक्षतामा सबै टेड युनियनका पदाधिकारी सदस्य रहेको छनौट ...

शैक्षिक गुणस्तर सुधार्न सामूहिक प्रतिवद्धता

Image
लुम्बिनी पत्र खजुरा, भदौ १९ । खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरि कार्यान्वयनमा ल्याईएको छ । खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरुले खजुरामा आयोजित एक कार्यक्रममा ३१ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्। प्रतिबद्धतामा पूर्व प्राथमिक कक्षालाई मन्टेश्वरी पद्धतीको रुपमा विकास गर्ने, कक्षा कोठा  शैक्षिक सामाग्रीयुक्त बनाउने, एक कक्षा कोठामा ४० बढी विद्यार्थी नराख्ने, शिक्षक र विद्यार्थीले अनिवार्य रुपमा पोशाक लगाउने, शिक्षण सुधारको हरेक विद्यालयले अनिवार्य रुपमा योजना बनाउने, विद्यार्थी र शिक्षक दुवैका लागि आचारसंहिता बनाएर लागू गर्ने रहेका छन् । यस्तै विद्यार्थी सिकाई चार्ट स्पष्ट झल्किने गरी कक्षामा टाँस्ने, भौत्तिक संरचना नभएका विद्यालयमा भौतिक संरचनाको विकास गर्ने, मन्टेश्वरीमा खजुरा गाउँपालिकाको शिक्षा नियामावलीले तोकेको मापदण्ड कायम गर्ने प्रतिबद्धतामा उल्लेख छ । लाइसेन्स प्राप्त शिक्षकलाई परिमार्जित विधि अनुसार मात्र शिक्षकमा छ...

शिक्षाका लागि २० करोड बजेट विनियोजन गरेको अध्यक्ष कक्षपतिको भनाइ

Image
लुम्बिनी पत्र खजुरा, भदौ १९ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले पर्याप्त बजेट र उपयुक्त नीति तथा कार्यक्रम बनाइ खजुरा गाउँपालिका शैक्षिक सुधारका लागि दृढताका साथ अगाडि बढेको बताएका छन् ।   शैक्षिक गुणस्तर सुधारका लागि सामुहिक प्रतिबद्धता कार्यक्रमलाइ सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष कक्षपतिले एक वर्षभित्र शैक्षिक सुधार गर्ने विद्यालयलाई अनुदान थप गर्ने जानकारी दिँदै खजुरा गाउँपालिकाले चालु आर्थिक वर्षमा शिक्षाका लागि  २० करोड बजेट विनियोजन गरेको बताए ।  शिक्षा विकास समन्वयन इकाई प्रमुख गोरखबहादुर थापाले शिक्षकहरुले पेशागत जिम्मेवारी, मूल्यमान्यता र मर्यादा पालना गरेको खण्डमा देशका भविष्यका कर्णधार विद्यार्थीको शिक्षाको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे । कार्यक्रममा राजनीतिक सल्लाहकार भीम वलीले भोलिदेखि नै कार्यान्वयनमा आउने बुँदाहरु कार्यान्वयन गर्न शुरु गरेर यसलाई अभियानका रुपमा अगाडि बढाउनु पर्ने बताए ।

प्रेसक्लब लुम्बिनी पत्र : चिकित्सक संघको आन्दोलन , आकस्मिक सेवा बाहेकका सम्प...

प्रेसक्लब लुम्बिनी पत्र : चिकित्सक संघको आन्दोलन , आकस्मिक सेवा बाहेकका सम्प... : पी सी एन/ लुम्बिनी पत्र गुलरिया, भदौ १७ ।  नेपाल चिकित्सक संघले आज आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका ...