कट्टीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना
लुम्बिनी पत्र । भारतसंग सीमा जोडिएको बर्दियाको दक्षिणी क्षेत्र कट्टीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण हेडक्वाटर गुलरिया बर्दिया ले गुलरिया नगरपालिका ३ कट्टीमा बिओपी पोष्ट स्थापना गरेको हो । पुस २५ गते शुक्रबार सशस्त्र प्रहरी ५ न प्रदेश बाहिनी रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल, बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
सशस्त्र प्रहरी बल ३१ नम्बर गण हेडक्वाटर गुलरिया का गणपति यादव बिश्वकर्माले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध न्यूनिकरणका लागि बिओपी स्थापना गरिएको बताए।
बर्दियाको कट्टीसहित , मधुवन नगरपालिकाको धनौरा, बढैया तालको कण्ठपुर, राजापुरको तीन घरवामा थप बिओपी स्थापना गरिने बताए । सशस्त्र प्रहरी उपरीक्षक विश्वकर्मा का अनुसार कुल ८३किलोमिटर दुरीमा जिल्लाबाट सिफारिस भएका बिओपी स्थापना भए ८ स्थानमा बिओपी स्थापना हुने छ । एक बिओपीलाई १० किलोमिटरको सीमा दुरी हेनुपर्ने हुन्छ । कट्टी बिओपीको इन्चार्जमा सशस्त्र प्रहरी निरिक्षक जिम्मेबारी पाएका छन्
बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल सशस्त्र प्रहरी बललाई सरकारले दिएको जिम्मेबारी मध्ये कट्टीमा पनि बिओपी स्थापना गरिएको बताए । उनका अनुसार यस अघि नेपालसंग सीमा जोडिएका चीन र भारतका सीमा क्षेत्रका १०७ स्थानमा बिओपी स्थापना गरिएका छन् । हालै मन्त्रिपरिष्दले स्वीकृत भएका ११२ बिओपी पनि स्थापना गरेर सम्पूर्ण नेपालको सीमा सुरक्षामा सशस्त्र प्रहरी बलका बिओपी स्थापना हुने बताए ।
गुलरिया गाउँपालिका प्रमुख मुक्तिनाथ यादवले कट्टीमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना भएसंगै भारतीय सीमा मिचाह प्रवृतिको अन्त्य हुनेसंगै सीमा जोगिने बताए । ‘अब यहाँका सम्पूर्ण सीमा समस्या समाधान हुन्छन,
सीमा क्षेत्रमा थुप्रै समस्या हुने भएकाले सशस्त्र प्रहरीको उपस्थितिले जनतालाई सुरक्षाको अनुभूति हुने उनले बताए ।
वडा लगायतका स्थानीय तह, सरकारी निकायले माग राखेपछि सशस्त्र प्रहरी स्थापना भएको १२ बर्षमा कट्टीमा बिओपी राखिएपछि स्थानीयलाई सीमा सुरक्षा हुने आशा पलाएको छ ।


गुलरिया गाँउपालिका हाे र ?
ReplyDelete