Posts

Showing posts from 2020

बर्दियामा लालपुर समेतबाट गरी ७१८ जनाको स्वाब संकलन

Image
लुम्बिनी पत्र। बर्दियाको गुलरिया नगरपालिका—११ लालपुरका एक २८ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएपछि आइतबार त्यस क्षेत्रमा स्वाब संकलन कार्य सम्पन्न भएको छ ।  संक्रमित पुरुषको  घरमा बस्दै आएका  २२ जनाकै स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य प्रमुख  गोकर्ण गिरीले बताए । संक्रमितको सम्पर्कमा रहेका लालपुरका थप ३४ जनाको पनि स्वाब संकलन गरिएको छ । शनिबारदेखि पूरै गाउँ सिल गरिएको र स्वाब संकलनको नतिजा बाहिर नआएसम्म गाउँका सबै जनालाई घरभित्र बस्ने र अति आवश्यक परे सुरक्षाकर्मीको अनुमतिमा लिनुपर्ने प्रशासनले जनाएको छ । पूरै गाउँ पूर्णरुपमा लकडाउन गरी आउजाउ ठप्प पारिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । लालपुर गाउँमा व्यापक सुरक्षाकर्मी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार रजौरेले बताए।  काठमाडाैंको कालीमाटीमा मासु पसल गर्दै आएका संक्रमित पुरुष गत वैशाख २८ गते लालपुरबाट ट्रक चढेर धनगढी हुँदै काठमाडाैं गएका थिए । काठमाडाैं जाने ट्रक यसअघि पनि बर्दिया आउजाउ गर्ने गरेकाले उनीसँग सम्पर्कमा भएका मानिसको खोजी भइरहेको छ ।...

प्रहरी अधिकारीलाई अदालतमा उपस्थित हुन आदेश

Image
लुम्बिनी पत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गरी गैरन्यायीक थुनामा राखेको उजुरी परेपछि सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।  न्यायाधिश इश्वर प्रसाद खतिवडा र डम्बरबहादुर शाहीको इजलासले यस्तो आदेश गरेको हो । नेकपाका कार्यकर्ता भीमप्रसाद अधिकारी, विष्णुप्रसाद अधिकारी र हरिचन्द्र खड्काले अदालतको अवहेलना भएको र आफूहरूलाई गैरन्यायीक थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । फागुन ५ गते बन्दीप्रत्यक्षीकरणको रिटमा आदेश गर्दै अदालतले रिहा गर्न आदेश गरेको थियो । तर, सोही दिन प्रहरीले उनीहरूलाई अदालतको गेटबाटै पक्राउ गरेको थियो । शुक्रबार भएको आदेशमा तत्काल उनीहरूलाई रिहा गर्न पनि भनिएको छ ।  महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख र प्रहरी निरीक्षकलाई सात दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । उनीहरूविरुद्ध अदालतको अपहेलनामा मुद्दासमेत चल्ने भएको छ ।

गेरुवा ४ का जिरा चलाउने र भागीराम थारुको मोही हकदावी को सूचना

Image

गेरुवा ४ का पार्वती चलाउने र भागीराम थारुको मोही हकदावी को सूचना

Image

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

Image
लुम्बिनी पत्र  । बर्दियाकोराजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।   शिविरमा  बर्दिया निवासी समाजसेवी एवम् भेरी अस्पताल नेपालगन्जका वरिष्ठ फिजिसियन डा. संकेत रिसाल को नेतृत्वमा रहेको चिकित्सक टोलीले स्वास्थ्य जांच गरेको छ ।  विगतमा राजापुरमा लामो समय शिक्षा प्रदान गरेको श्री गणेश बाबा बोर्डिङ स्कुलका पुर्व विद्यार्थीहरुले उक्त स्वास्थ्य शिविर गरेका हुन्। करिब डेढ दशकदेखि नेपालगन्जमा विभिन्न इभेन्ट गर्दै आएको एक्स जेनेरेसन, नितेश कन्स्ट्रक्सन राजापुर बर्दिया,तुलसी निर्माण सेवा बर्दिया,राजापुर राइस मिल राजापुरको आयोजनामा उक्त शिविर भएको एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताए। राजापुर वासीहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी दिने र भेरी अंचल अस्पतालका दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य जाँच गराउने उद्देश्य आयोजना गरिएको शिविर राजापुर उद्योग वाणिज्य संघ बर्दियाको प्राङ्गणमा भएको छ। शिविरमा फिजिसियन डा. संकेत रिसाल,  डा.पारस श्रेष्ठ , स्त्रीरोग बिशेषज्ञ डा. नवीन बुढाथोकी,  न्युरो सर्जन डा. हरी पौडेल को टिम छ। यो शिविरमा चेकजाच र ...

गेरुवा ४का भागीराम थारु र पार्वती चलाउने को मोही हक दावी गर्न आउने बारेको सूचना

Image

गेरुवा ४ का जिरा चलाउने र भागीराम थारुको मोही हकदावी को सूचना

Image

प्रजातन्त्र दिवसको उपलक्ष्यमा बर्दियामा वृक्षारोपण गरियो

Image
लुम्बिनी पत्र।  ७० औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालयको सहयोगमा बर्दियामा वृक्षारोपण गरिएको छ।  ७० औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालय लगायत जिल्ला स्थित कार्यालयमा वृक्षारोपण गरिएको हो। प्रजन्तन्त्र दिवसको उपलक्ष्यमा डिभिजन वन कार्यालय परिसर गुलरिया मा   डिभिजनल वन अधिकृत महेन्द्र राज वाग्ले, सहायक वन अधिकृत  वसन्त थापा लगायतका कर्मचारीहरुले बिरुवा रोपेका छन् ।  प्रजातन्त्र दिवसको अवसर पारेर डिभिजन वन कार्यालय बर्दियाले  बिरुवा किनेर  कार्यालयहरुलाई उपलब्ध गराएको डिभिजनल वन अधिकृत वाग्लेले बताए।  डिभिजन वन कार्यालयले कपूर १७, रबर प्लान्ट २, समी ११ , अर्जुन १०, अशोक २ गरी ४२ वटा बिरुवा जिल्लास्थित विभिन्न कार्यालयहरुलाई  वितरण गरेको र बिरुवा रोप्ने हुर्काउने जिम्मा सम्बन्धित कार्यालयको हुने डिभिजन वन अधिकृत वाग्लेले बताए।

बर्दिया प्रहरीले ठुलो मात्रामा अबैध घ्यू बरामद गर्यो

Image
लुम्बिनी पत्र।  बर्दिया प्रहरीले ठुलो मात्रामा अबैध घ्यू बरामद गरेको छ। फागुन ३  गते राति ९.३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिषेश प्रहरी टोलीले  बढैयाताल गाउँपालिका वडा नं.२ फुटाहाबाट रु.१ लाख ५० हजार मूल्य बराबरको २० टिन अर्थात ३०० के.जि. घ्यू फेला पारी  बरामद गरेको हो ।   सडक बाटोमा नेपालबाट भारत तर्फ भन्सार छली चोरी निकासी गरी लैजानको लागि बेवारिसे अवस्थामा थुपारी राखेको घ्यू फेला पारी रितपूर्वक बरामद गरीएको हो ।  बरामद गरिएको घ्यू कार्यालयमा ल्याई आबश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताए।

जनता आवास कार्यक्रमको लाभग्राहीको छनौट भए

Image
लुम्बिनी पत्र । प्रदेश न ५ भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन कार्यालय बाँके  अन्तर्गत रहेको लाभग्राहीको छनौट समिति  बर्दियाले बर्दिया जिल्लामा जनता आवास कार्यकम २०७६/०७७ को लागि बर्दिया निर्वाचन क्षेत्र नं २ क मा ४३ जना लाभग्राहीको छनौट गरेको छ। माननीय कुल प्रसाद पोखरेलको संयोजकत्वमा मा भएको बैठकले  सेवाग्राही छनौट गरेको बर्दियाका प्रजीअ प्रेमलाल लामिछानेले बताए। बैठकमा शहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख राम आश्रय शाहले जनता आवास कार्यकम को प्रगति बारे जानकारी गराए। 

राजापुर र गेरुवामा निःशुल्क रूपमा झोला वितरण गरियो

Image
लुम्बिनी पत्र। सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँले राजापुर नगर र गेरुवा गाउँपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्रीसहित निःशुल्क रूपमा झोला वितरण गरेको छ। विद्यालयको माग अनुसार राजापुर र गेरुवाका विद्यालयमा १ देखि ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई  निःशुल्क रूपमा झोला वितरण गर्न सुरु गरिएको हो ।  कपी, कलम, ज्यमितिसहितको झोला पाउँदा विद्यार्थी तथा अभिभावकहरू प्रसन्न भई  सफा सुनौलो नेपाल र  राजापुर गेरुवा समाज काठमाडौँलाई  हृदय देखि धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरेका छन्। अमर शहीद माविमा आयोजित झोला वितरण कार्यकम मा राजापुर न पा ४का वडा अध्यक्ष रमन रेग्मी, ७ का वडा अध्यक्ष मथुरा थारु, कांग्रेस नेता जन्मजय तिमिल्सिना, दिप नारायण श्रेष्ठ लगायतको हातबाट झोला वितरण गरिएको शिक्षक राज कुमार उपाध्यायले बताए। 

राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपको उद्घाटन

Image
लुम्बिनी पत्र ।  गुलरियाका नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया  नगरपालिकामा आज माघ २८ देखि सुरु भएको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा प्रथम मेयर कपको उद्घाटन गरेका छन्।  प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख मुक्तिनाथ यादवले आजका बालबालिका भोलीका कर्णधार भएकाले उनीहरूको सर्वाङ्गीण विकासका लागि शिक्षाको साथसाथै खेलकुद्लाई पनि नगर पालिकाले प्राथमिकता दिएको बताए। स्थानीय सरकार खेलकुदका साथै शिक्षामा बढि लगानी गर्न  तयार रहेको बताउँदै शिक्षा क्षेत्र सुधार्न समुदाय , शिक्षक र अभिभावकको पनि महत्वपूर्ण भूमिका रहने बताए ।    आज माघ २८ गते देखि फाुगन ३ गते सम्म संचालन हुने खेलमा ३ हजार ८६ बालबालिकाले भाग लिने मुल आयोजक समितिका संयोजक निर्मल उपाध्यायले  बताए ।  खेललाई मर्यादित र अनुशासित बनाउनका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै खेल विशेषज्ञहरुलाई खेलको जिम्मा दिईएको शिक्षा शाखा प्रमुख नील कण्ठ रेग्मीले बताए । गुलरिया नगरपालिकाका माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालय समावेश गर्दै  नगरका सामुदायिक र संस्थागत व...

जिल्ला सदस्य परियारद्वारा विप्लव परित्याग गरेको घोषणा

Image
लुम्बिनी पत्र।  बम विस्फोटन र चन्दा आतङ्कको आरोपमा बर्दिया जिल्ला कारागारमा पुर्पक्ष का लागि थुनामा रहेका बाँसगढी न पा ५ बस्ने ने क पा विप्लवका जिल्ला सदस्य विष्णु परियार शक्तिले विप्लव परित्याग गरेको घोषणा गरेका छन् ।  जिल्ला प्रशासन कार्यालय बर्दियामा  माघ २८ गते विभिन्न दलका प्रतिनिधि, प्रहरी, प्रशासन संग उनले गरी नेपाल कम्युनिस्ट पार्टी  विप्लव परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी  प्रवेश गराइदिन पहल गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपा बर्दियाका अध्यक्ष भवनकुमार थारुलाई उनले अनुरोध  समेत गरेका छन् ।  राज्य विरुद्धको गतिविधिमा आफू नलाग्ने परियारको प्रतिबद्धता रहेकाले पार्टी प्रवेश गराउने व्यवस्था मिलाइदिन नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समितिलाई आफूले अनुरोध पत्र पठाएको थारुले बताए।

गुलरिया बजारमा नाली निर्माण सुरु, नगर प्रमुखद्वारा शिलान्यास

Image
लुम्बिनी पत्र। गुलरिया बजारमा आर सी सी नाली निर्माण सुरु भएको छ ।  नगर प्रमुख एवम् नेपाली काँग्रेसका क्षेत्रीय सभापति मुक्तिनाथ यादवले नाली निर्माण कार्यको शिलान्यास गरेका छन्।     गुलरिया नगरपालिका र ५ नम्बर प्रदेशको सम पूरक अनुदानमा संचालित आयोजनाको कुल लागत भ्याट र पी एस सहित ६ करोड ६ हजार रहेको  सब इन्जिनियर अर्जुन लम्सालले बताए । खड्का कृष्ण जय धनन्जय जे भी निर्माण कम्पनीले २०७७ असार २१ गतेसम्म  ५ करोड ८५ लाखमा काम  सम्पन्न गरिसक्ने गरी नगर पालिका संग गरेको छ। सो कम्पनीको प्रतिनिधि अशोक यादव र साईड इन्चार्ज गौतम गुप्ता रहेका छन्।   ११ सय २० मीटर लम्बाई रहेको सो आयोजना अन्तर्गत १५ स्थानमा कल्भ ट निर्माण हुने सब इन्जिनियर लम्सालले बताए। 

जय जग्दम्बें ट्रेडिङ हाउसद्वारा निःशुल्क नाक , कान,घाँटी उपचार शिविर आयोजना

Image
लुम्बिनी पत्र। व्यवसायको साथै सामाजिक उत्तरदायित्वको भुमिका निर्वाह गर्दै आएको जय  जग्दम्बें ट्रेडिङ हाउस नेपालगन्ज बाँकेले निःशुल्क नाक , कान,घाँटी उपचार परामर्श शिविर आयोजना गरेको छ। ब्रिनोज कान स्वास्थ्य सामुदायीक सेवा शाखा कार्यालय गुलरियाको प्राविधिक सहयोगमा सो शिविर आयोजना गरिएको हो । मधुवन २ सुन्दरपुरमा रहेको सगुन ललै सामुदायीक वन उपभोक्ता समूहको प्राङ्गणमा शिविर सञ्चालन गरिएको छ । जय जग्दम्बे ट्रेडिङ हाउसका संचालक तथा नेपाल बन पैदावार उद्योगी व्यवसायी संघका महासचिव  सन्तोष शर्मा अर्यालले सो शिविरको उद्घाटन गरेका छन् । शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायीक सेवा शाखा कार्यालय गुलरियाका प्रमुख दीपक बि सी बिरामीहरूको स्वास्थ्य जाँच गरेका छन्। शिविर उद्घाटन समारोहमा सगुन सा ब उ स का अध्यक्ष बाबुराम परियार, कोषाध्यक्ष कालुराम थारु, सगुन युवा क्लबका अध्यक्ष  मनिराम थारु, लुम्बिनी पत्र राष्ट्रिय दैनिकका प्रकाशक संपादक यम घिमिरे, युवा उद्यमी सन्तोष श्रेष्ठ लगायतको उपस्थिति छ।  शिविरमा मधुवन २का सुन्दरपुर, बंगालिपुर, खैरेनी,अमरपुर गाउँका २५० जना महिला, बा...

नव गृह सचिव न्यौपानेको जीवन कस्तो छ?

Image
लुम्बिनी पत्र।  भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ३ (साविक झौखेल गाविस) मा रमानाथ न्यौपाने र डोरकुमारी न्यौपानेको कान्छो पुत्ररत्नका रुपमा २०३० साल कात्तिक २ गते जन्मनुभएका महेश्वर न्यौपाने हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव हुनुहुन्छ । उहाँका श्रीमती राधिका अर्याल न्यौपाने, तीन छोरी र एक छोरा छन् । आधारभू्त शिक्षा चाँगुनारायण माध्यामिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरेपछि रत्नराज्य क्याम्पसबाट आईए र बीए उत्तीर्ण गर्नुभएका न्यौपाने अंग्रेजी साहित्य, अर्थशास्त्र र भूगोल विषयका ज्ञाता हुनुहुन्छ । स्नातक गरेपछि नै जागिर खान सुरु गर्नुभएका न्यौपानेले २०५२ सालमा भक्तपुरको पुरानो पद्म हाइस्कुललगायत विद्यालयहरुमा अध्यापन गराउनुभयो । आफ्नो उद्देश्य स्नातकोत्तर गर्ने अनि प्राध्यापक बन्ने भए पनि घरको परिवेश, पारिवारिक वातावरण आदिले उहाँलाई निजामती सेवातर्फ नै आकर्षित गरायो । अध्ययन र जागिरलाई सँगसँगै लाने उद्देश्यले उहाँले लोकसेवाको तयारीसँगै अंग्रेजी विषयमा मास्टर्स गर्न लाग्नुभयो । १ वर्ष पढिसक्दा फेरि ओरिन्टेसन निजामति सेवा छिर्ने भन्ने भएछ र परीक्षा दिनुभयो ।...

बर्दियामा एक युवक प्रहरीद्वारा रंगेहात पक्राउ

Image
लुम्बिनी पत्र।  चोरी गरिरहेको अवस्थामा बर्दियामा एक युवकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।   ०३: ०० बजेको समयमा बर्दिया गुलरिया न.पा.११ बस्ने शशिधर बस्यौलाको किराना पसल चोरी गर्दै गर्दा   वडा न.१२ का  २३  वर्षीय अकरम खाँ पक्राउ परेका हुन्।  चोरी गरिरहेको अवस्थामा फेला पारी निजलाई  पक्राउ गरिएको  बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए । १७,६९१।–बराबरको सामान, नगद रु;-६०,९५५।-, नेपाली रु-६८७२।– सहित उनी पक्राउ परेका हुन्। खाँ बाट १ थान मोबाईल,  ३७५ थान सहित ०३;०० बजे बर्दिया गुलरिया न.पा.११ बस्ने शशिधर बस्यौलाको किराना पसलबाट ऐ.१२ बस्ने बर्ष अं.२३ को अकरम खाँले चोरी गरिरहेको अवस्थामा फेला पारी निजलाई अं.१७,६९१।–बराबरको सामान,नगद रु;-६०,९५५।-, नेपाली रु-६८७२।– मोबाईल थान १, रिचार्ड कार्ड ३७५ थान सहित नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला ले बताए ।

नुरी स्टोन इन्डस्ट्रिजको अनुगमन

Image
लुम्बिनी पत्र। घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले मधुवन नगरपालिका ९ मा सञ्चालनमा रहेको नुरी स्टोन इन्डस्ट्रिजको अनुगमन गरेको छ ।  उद्योग अधिकृत मोहन घर्ती, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओमकार शाह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नर बहादुर खड्का, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केशव सिग्देल, पत्रकार यम घिमिरे लगायतको टोलीले नुरी स्टोन इन्डस्ट्रिजको अनुगमन  गरेको हो ।  अनुगमन टोलीले  नुरी स्टोन इन्डस्ट्रिजका मोहमद नसीम सँग  मापदण्ड, पर्यावरण र प्रकृति दोहनबारे अनुगमन र अध्ययन गरेको छ ।  उता गृह मन्त्रालयमा माघ १३ गते सोमबार बसेको बैठकले देशभर संचालनमा रहेका करिब ६ हजार क्रसर उद्योगहरूको अनुगनमन र अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा गृह, वन, उद्याेग, भाैतिक तथा संघीय मामिला मन्त्रालयका सहसचिव रहने गरी समिति गठन भएकाे हाे ।

घरेलु कार्यालय बर्दियाले उद्योग व्यवसायको अनुगमन सुरु गर्यो

Image
लुम्बिनी पत्र  । घरेलु तथा साना उद्योग कार्यालय बर्दियाले बाँसगढी नगरका विभिन्न स्थानमा रहेका  उद्योग  तथा पसलहरुको अनुगमन गरेको छ । इलाका प्रहरी कार्यालय बाँसगढीको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा उद्योग अधिकृत मोहन घर्तीको नेतृत्वमा पसल तथा विभिन्न फर्महरुको निरीक्षण तथा अनुगमन गरिएको हो। अनुगमनका क्रममा अवैध रूपले मदिरा उत्पादन गर्ने आधा दर्जन होटलहरुको निरीक्षण गरी अवैध मदिरा नियन्त्रणमा लिई  नष्ट गरिएको छ। अनुगमन टोलीले  अवैध रूपले राखिएका बिडी, सुर्ती, तेल पनि नियन्त्रण मा लिएको छ। अनुगमनका क्रममा दर्ता नगरी  व्यवसाय  सञ्चालन गरेका जिल्लाभरका उद्योग व्यवसायीहरुलाई अा आफ्नो कारोबार अनुसार एक हप्ता भित्र वडा कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, आन्तरिक राजश्व कार्यालयमा उद्योग, फर्म , व्यवसाय दर्ता गर्न  निर्देशन दिएको छ । अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय केशव सिग्देल, परशुराम न्यौपाने , पशुपति घिमिरे, नरेन्द्र राज शर्मा ,बाँसगढी  नगर वडा न ५ का वडा अध्यक्ष नरेन्द्र गिरी, इलाका प्रशासन कार्यालयका मोहन लम्साल, ...

गुलरिया को ५ नम्बर वडा कार्यालयले बृद्धबृद्धालाई कम्बल र विद्यालयलाई कम्प्युटर दियो

Image
लुम्बिनी पत्र। गुलरिया नगरपालिका वडा नं. ५को   कार्यालय सुहेलवाले जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ।  वडा कार्यालय परिसरमा विशेष कार्यकम आयोजना गरी वडाका१६० जना बृद्धबृद्धालाई कम्बल, च्यादर वितरण गरी सम्मान गरिएको हो।  कार्यकममा वडाका ३ वटा विद्यालय ३ /३ वटा का दरले ९ वटा कम्प्युटर समेत  वितरण गरिएको कांग्रेस नेता एवम् वडा सदस्य युवराज श्रेष्ठले बताए।  वडा कार्यालयको सहयोगमा  संघीय सांसद सञ्जय गौतम, वडा अध्यक्षहरु सावित्रा गौतम र राम बहादुर रावल,  वडा सदस्यहरू युवराज श्रेष्ठ, सरिता परियार, कालीदेवी चौधरी, सोबेन्द्र चौधरीले तथा वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्यालले बृद्धबृद्धालाई कम्बल तथा च्यादर प्रदान गरी दोसल्ला ओढाई सम्मान गरेका हुन् ।   

माघ २५ गते हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यकमलाई सफल पार्न सबै लाग्नु पर्ने

Image
लुम्बिनी पत्र । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यकम २०७६ अन्तर्गत गुलरियाका सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया कार्यकम सम्पन्न भएको छ।  गुलरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सो  कार्यकम  सम्पन्न भएको  हो। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, गुलरिया नगरपालिका स्वास्थ्य शाखा संयोजक सुनिल पाण्डे, सह संयोजक माधव घिमिरे,   लुम्बिनी पत्र राष्ट्रिय दैनिकका प्रकाशक संपादक यम घिमिरे लगायतले माघ २५ गते सञ्चालन हुने हात्ती पाइले विरुद्धको आम औषधि सेवन कार्यकमको बारेमा प्रचार प्रसार गरी र माघ २५ गते हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यकमलाई सफल आम जिल्लावासी लाग्नु पर्ने बताए।  गुलरिया नगरका लक्षित समुह मध्ये हालसम्म ७० ले मात्र औषधि खाएकोले प्रतिशत  नवौं पटक  सञ्चालन गर्न गईरहेको अभियानमा शत प्रतिशत लाई औषधि खुवाउन लागि अभियान सफल पार्न सञ्चार कर्मीले  सचेतना र प्रचार प्रसारण लाग्नु पर्ने  गुलरिया नगर पालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेको भनाइ छ। 

नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउन सेनाको महत्वपूर्ण भूमिका छ: प्रधान सेनापति थापा

Image
लुम्बिनी पत्र । नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द थापाले नेपाली सेनाको विश्वसामु शिर उचो बनाउनका लागि भूतपूर्व सैनिकहरुको ठुलो त्याग, बलिदान र समर्पण रहेको बताएका छन्।   मध्यपश्चिम पृतना बुटवलको आयोजनामा दाङको घोराहीमा रहेको रिपु मर्दन गण भरतपुरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविरको उदघाटन गर्दै प्रधानसेनापति थापाले  नेपालको राष्ट्रिय एकता, अखण्तालाई बचाउँदै शान्ति स्थापनाका लागि नेपाली सेनाले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताए। नेपाली सेनाको शिरलाई उचो बनाउँदै भूतपूर्व सैनिकहरुको योगदानको सम्मानका लागि सेनाले विभिन्न कार्यक्रमहरु ल्याएको उनको भनाइ छ। कार्यक्रममा नेपाल भूतपूर्व सैनिक संघका अध्यक्ष दिगम्वर शम्शेर जवराले देशको राष्ट्रिय र अखण्डतालाई बचाउँदै नेपाललगायत विश्व समुदायमा शान्ति स्थापना गर्न भूतपूर्व सैनिकहरुले महत्वपूर्ण योगदान पुर्याएको बताए सम्मेलनमा सहभागी अवकास प्राप्त सेनाहरुको स्वास्थ्य परिक्षणसँगै अपांग भूतपूर्व सैनिक तथा उनका अपांगता भएका सन्तानहरुलाई ह्वीलचियर समेत वितरण गरिएको थियो ।  भूतपूर्व सैनिक सम्मेलन...

हामी विद्यार्थी र नेपाल प्रहरी संगको साझेदारी विषयक वक्तृत्वकला कार्यकम आयोजना :

Image
लुम्बिनी पत्र ।   जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरिया बर्दियाको आयोजनामा  हामी विद्यार्थी र नेपाल प्रहरी संगको साझेदारी विषयक वक्तृत्वकला कार्यकम आयोजना गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत श्री बगलामुखी राधाकृष्ण थारु मा वीको प्राङ्गणमा सो कार्यकम आयोजना गरिएको हो । बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने को प्रमुख आथित्यता र बगलामुखी मावि का प्र अ मती राम शर्माको अध्यक्षतामा भएको कार्यकममा लुम्बिनी पत्र राष्ट्रिय दैनिकका प्रकाशक यम घिमिरे, गुलरिया उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज यादव, सामुदायीक केन्द्र गुलरिया का सचिव उमेश मल्लिक लगायतको उपस्थिति छ ।  प्रतियोगितामा गुलरिया नगरका  ७ वटा माध्यमिक विद्यालयका ७ जना  विद्यार्थीहरु सहभागिता जनाएका छन् ।  कार्यक्रममा प्राध्यापक राजेन्द्र धिताल, प्रशासक मुकुन्द अर्याल र बुद्धिजीवी राधिका पौडेल निर्णायक रहेका छन् ।

गेरुवा गा पा २ का मोही साधुराम थारु र जग्गा धनी खगिसरा देवी धमला संग सम्बंधित मोही हक दावी बारेको सूचना:

Image

क्यान्सर पीडित सरस्वतीको उपचारको लागि वन पैदावार उद्योग व्यवसायी संघ बर्दियाले सहयोग गर्यो

Image
लुम्बिनी पत्र ।  फोक्सोको क्यान्सरले गम्भीर रूपमा ग्रसित भई वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार गराइरहेकी मुक्त कमैया बिपन्न परिवारकी  २३ वर्षीया सरस्वती चौधरीको उपचारका लागि नेपाल वन पैदावार उद्योग व्यवसायी संघ बर्दिया ले १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । संघका अध्यक्ष कुबेर के सी र आफ्नो तर्फबाट महासचिव सन्तोष अर्याल (नेत्र)ले सो सहयोग प्रदान गरेका हुन् । सहयोग रकम गुलरिया ८ गंगानगर टोल निवासी  सरस्वतीका बाबु जयराम चौधरीलाई हस्तान्तरण गरिएको छ।  निजको पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा आफूहरुले सहयोग गरेको बताउँदै नेपाल वन पैदावार व्यवसायी संघ बर्दियाका महासचिव अर्यालले  सम्पूर्ण महानुभावहरुलाई सहयोगको लागि हार्दिक अपिल गरेका छन् । सहयोग गर्न चाहने महानुभावहरुले ९८२६५५६१३०  ९८४८०४४५९४ मा फोन सम्पर्क गरी सरस्वती चौधरीको नाममा  NICAsia Bank बारबर्दिया जयनगर शाखामा खाता नंबर  ९०८७००६१३०८५२४०१ मा सहयोग रकम जम्मा गर्न सक्ने सरस्वतीका बाबु जयराम चौधरीले बताए । 

प्रहरीमा विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटाउने गृहकार्य शुरु

Image
लुम्बिनी पत्र । सरकारले नेपाल प्रहरीमा विद्यमान ३० बर्षे सेवाहदको प्रावधान हटाउने गृहकार्य शुरु गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्याच ३० बर्षे सेवाहदका कारण अवकाशमा जानै लाग्दा सरकारले प्रहरी नियमावली संसोधन गरेर नयाँ ब्यबस्था लागू गर्न लागेको प्रधानमन्त्री कार्यालय सम्बद्ध उच्च स्रोतले जानकारी दियो । दक्ष जनशक्ति छिट्टै घर जाने र नयाँ भर्ना गर्दा राज्यलाई चर्को व्ययभार पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी नियमावली २०७१ मा रहेको ३० बर्षे सेवाहदको प्रावधान हटाउने तयारी थालिएको उच्च स्रोतको दावी छ । सोहीअनुसार प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ को मस्यौदा मन्त्रीपरिषदको कार्यालय पुगेको छ । ‘आगामी मन्त्रीपरिषद बैठकले प्रस्तावित ऐनमा ३० बर्षे सेवाहदको प्रावधान तत्काल हटाउने बुँदा थपेर संघीय संसदमा नेपाल प्रहरी ऐन २०७६ दर्ता गर्नेछ ।’ उच्च स्रोतले भन्यो । ‘त्यस लगत्तै बस्ने मन्त्रीपरिषद बैठकले संसदमा कानुन दर्ता भईसकेको अवस्थामा प्रहरी नियमावली संसोधन गर्न वान्छनिय भएको भन्दै ३० बर्षे सेवाहदको प्रावधान हटाउने छ ।’ मन्त्रीपरिषद पुगेको प्रस्तावित नेपाल प्रहरी ऐन २०७६ लाग...

सशस्त्र प्रहरीले शहीद कर्मचारीको सम्मानमा भवन नामकरण सुरु गर्यो

Image
लुम्बिनी पत्र। सशस्त्र प्रहरी बलले कर्तव्य निर्वाह क्रममा शहीद कर्मचारीको  सम्मानमा भवन नामकरण गरेको छ । बल प्रधान कार्यालय परिसरस्थित नेपाल एपीएफ क्लब भवनको नाम ‘कृष्णमोहन स्मृति भवन’ राखी साइनबोर्ड परिवर्तन गरिएको छ । कृष्णमोहन श्रेष्ठ संगठन संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक हुन्। उनले व्यावसायिक दायित्व  निर्वाहसँगै कुशल खेलाडीका रूपमा समेत आफ्नो पहिचान बनाएका थिए । बलले शहीद सशस्त्र प्रहरी कर्मचारीको योगदानको कदर एवं स्मरण गर्दै आफ्ना ब्यारेक एवं अन्य भवन शहीद सशस्त्र प्रहरीको नामबाट नामकरण कार्य सुरु गरेको हो । यसै महिनामा आयोजना हुन लागेको सशस्त्र प्रहरी दिवसको अवसर पारेर बलले आफ्ना १८३ ब्यारेक तथा भवन यसै साता नामकरण गरिने कार्यक्रम छ । दायित्व निर्वाह क्रममा हालसम्म ३ सय २० सशस्त्र प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् ।शहीद घोषणा भएका सबै सशस्त्र प्रहरी कर्मचारीको नाममा क्रमशः ब्यारेक भवनको नामकरण गर्दै लगिनेछ ।

अनावश्यक एवं अन्यायोचित करको चपेटामा नागरिकहरु

Image
लुम्बिनी पत्र ।  नागरिकताको सिफारिस, व्यक्तिगत घटना दर्ता, सर्जिमिन दस्तुर, विभिन्न सिफारिस लिन सर्वसाधारणहरुले स्थानीय तहमा निकै ठूलो रकम कर दस्तुर बुझाउनु पर्ने वाध्यता छ । सर्जिमिन् नाता प्रमाणित सहित नागरिकता सिफारिस दस्तुर स्थानीय तहमा सबै भन्दा बढी छ।   बार बर्दिया ले १८५०, बढैया ताल गाउँपालिकाले १६८०,  ठकुरबाबाले १४००, बाँसगढी ले ११५० , राजापुर ले ९६५, गुलरिया ले ९५५, गेरूवाले ८३० मधुवन ले ७५०  सर्जिमिन् नाता प्रमाणित सहित नागरिकता सिफारिस दस्तुर  लिने गरेका छन् ।  ब्यक्तिगत घटना दर्ता घटना घटेको ३५ दिन सम्म दर्ता गर्दा नि:शुल्क र त्यसपछि रु १० देखि अधिकतम रु ५० सम्म लिन पाउने ब्यबस्था ब्यक्तिगत घटना दर्ता ऐनमा ब्यबस्था भए पनि ऐन विपरित केही पालिकाले रु १५० लिने गरेका छन्। व्यक्तिगत घटना दर्ता गर्दा राजापुर ले १५०, ठाकुर बाबा र बनगढीले १०० र अन्यले ५० दस्तुर लिने गरेका छन्।  नागरिकता सिफारिस र  प्रतिलिपि लिन बार बर्दियाले ३२५ र बढैयाताल ले ३१० लिने गरेका छन् अन्यले १५० देखि १७० लिने गरेको रेकर्डमा देखिन्छ  । सर्जमिन दस्तुर...

स्थानीय तह र प्रदेश सरकारले स्थानीय मीडिया लाई विज्ञापन दिनु पर्छ

Image

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट गुलरिया नपा ३ कट्टी उद्घाटन भयो

Image

बर्दियाका आठवटै स्थानीय तहलाई प्रहरी महानिरीक्षकको प्रशंसा पत्र

Image
लुम्बिनी पत्र । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा मधुवन नगरपालिकाको सहभागिता, सहकार्य र साझेदारीको प्रशंसा गरेका छन्। समुदाय प्रहरी साझेदारीले आम नागरिकहरूमा प्रहरी र स्थानीय सरकार प्रति विश्वास र सुशासनको भरोसा अभिवृद्धि गर्न सफल भएकोले  जिउ धनको सुरक्षा लगायतका सुशासनको भरोशा अभिबृद्दी  गर्न नगरपालिका सफल भएकोले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमान्डौबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बर्दियाका आठवटै स्थानीय तहलाई प्रशंसा पत्र पठाएका हुन् । शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्य का साथ प्रादुर्भाव भएको समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत समुदाय प्रहरी साझेदारीका समितिहरू निर्माण तथा समुदाय तथा समुदाय र विद्यालय कार्यक्रमहरूको कार्यान्वयन मा  ६ नगरपालिका र २ गाउँपालिका अग्रसरता  रहेको भन्दै प्रशंसित भएका हुन । प्रहरी प्रधान कार्यालयबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र  खनालबाट मधुवन नगरपालिकालाई प्राप्त प्रसंशा पत्र पुस २५ गते  हस्तान्तरण  गरिएको छ । मधुवन नगरपालिका कार्यालय सानोश्...

बढी जिपिए ल्याई बर्दिया जिल्ला प्रथम भएका सौरभ खनाल पुरस्कृत

Image
लुम्बिनी पत्र । एस ई ई २०७५ मा सबैभन्दा बढी जिपिए ल्याई बर्दिया बर्दिया जिल्ला प्रथम भएका सौरभ खनाल पुरस्कृत भएका छन् । बर्दिया जिल्लामा रहेका सामुदायीक विद्यालयहरू मध्ये बगलामुखी राधाकृष्ण उ.मा.वि मा अध्ययन गरी जिल्ला भरीबाट सबैभन्दा बढी जिपिए ल्याएका खनाल बर्दिया  दुर्गादेवि खेटराज पुरस्कारबाट सम्मानित भएका हुन ।  गुलरिया ७ निवासी खेट राज पोख्रेल  र सिटिजन्स बैंक सी ई ओ  गणेशराज पोख्रेलले खनाललाई सो पुरस्कार प्रदान गरेका हुन ।  गुलरिया ५ निवासी  खनालले ३.८५ जी पी ए ल्याएका थिए ।  सौरभका बाबु केशवराज खनाल छाेरालाई धेरै धेरै बधाई दिँदै याे प्रेरणा,उर्जालाई सदा कामय राख्नु शुभकामना दिँदै सम्मान गर्ने प्रति हार्दिक नमन  गरेका छन् ।

कट्टीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना

Image
लुम्बिनी पत्र ।  भारतसंग सीमा जोडिएको  बर्दियाको दक्षिणी क्षेत्र कट्टीमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण हेडक्वाटर गुलरिया बर्दिया ले  गुलरिया नगरपालिका ३ कट्टीमा बिओपी पोष्ट स्थापना गरेको हो । पुस २५ गते शुक्रबार सशस्त्र प्रहरी ५  न प्रदेश बाहिनी  रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायण दत्त पौडेल, बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सशस्त्र प्रहरी बल ३१ नम्बर गण हेडक्वाटर गुलरिया का गणपति यादव बिश्वकर्माले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध न्यूनिकरणका लागि बिओपी स्थापना गरिएको बताए। बर्दियाको कट्टीसहित , मधुवन नगरपालिकाको धनौरा,  बढैया तालको कण्ठपुर,  राजापुरको तीन घरवामा थप बिओपी स्थापना गरिने बताए । सशस्त्र प्रहरी उपरीक्षक विश्वकर्मा का  अनुसार कुल ८३किलोमिटर दुरीमा जिल्लाबाट सिफारिस भएका बिओपी स्थापना भए ८ स्थानमा बिओपी स्थापना हुने छ । एक बिओपीलाई १० किलोमिटरको सीमा दुरी हेनुपर्ने...

दाङका स्थानीय तहमा राजश्व छलेर व्यवसाय दर्ता हुने गरेको संघको आरोप

Image
लुम्बिनी पत्र । पुस २५ स्थानीय सरकारले गैर कानुनी रुपमा व्यवसाय दर्ता गरेको भन्दै त्यसको व्यवसायीले नै विरोध गरेका छन् । आफु निकटका व्यवसायिलाई राजश्व छलि गरेर रसिद काटेर व्यवसाय दर्ता गरेको गुनासो बढेको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले त्यस्तो गुनासो गरेका हुन । विहीवार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वशन्त जोसीले वडा कार्यालयहरुले राजस्व छलि गरेर रसिद काटेको आरोप लगाए । उपमहानगरपालिका वाट रसिद बुझेको भन्दै एक महिना अगाडिको मितिमा रसिद काटिएको अवस्था देखिएको उनले बताए । घोराही उपमहानगरपालिका वडा नं.२ मा व्यवसायी दर्ताको नाममा नियम विपरित कार्य भएको जोशीले आरोप लगाए । त्यसवाट ठूलो राजस्व छलि भएको उनले दाबी गरे । ‘अहिले स्थानीय सरकार छोटे सरकार वनेका छन्,’ उद्योग उपाध्यक्ष जोसीले भने । संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गैर व्यवासायिहरूलाई चोरवाटो वाट प्रवेश दिइएको भन्दै त्यो सच्याउनुपर्ने माग गरे । बुढाथोकीले अनुगमनका क्रममा वडा कार्यालयहरुले गैर कानुनी काम गरेको पाइएको बताए । आफुहर...

भारतीय जंगलमा बाख्राचराउन जाँदा हराएका ४ जनाको उद्दार

Image
लुम्बिनी पत्र । बर्दिया मधुबन नगरपालिकासंग जोडिएको भारतीय जंगलमा बाख्राचराउन जाँदा हराएका ४ जनालाई उद्दार गरिएको छ ।  पुस २२ गते बाख्रा चराउन गई बाख्रा सहित हराएका चार जनालाई  स्थानिय, सशस्त्र वल, नेपाल प्रहरी, भारतिय एस.एस.बि. र चौकिदारहरुको सहयोगमा उद्घार गरिएको हो ।  मधुवन ७ की ४२ वर्षीया सुमित्रा सिंह, ७० वर्षीया खन्तरी बस्नेत, १९ वर्षीय धीरज  कर्ण, ६९ वर्षीया तेज कुमारी के सी लाई नेपाल भारत सीमा क्षेत्रबाट ६ किलोमीटर भित्र भारतीय जंगल भित्रबाट उद्दार गरिएको बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोला ले बताए ।  सिमाना सगै जोडिएको वाड नम्बर ३,४,५,७,र ९  स्थानियहरु दाउरा, घास, गाइ बस्तु च भारतीय जंगलमा जाने गर्दछन ।  वडा नम्बर ७ को कुनै सामुदायिक वन नभएकाले आफूहरु गाई,भैंसी,बाख्रा चराउन  र  दाउरा गर्न भारतीय जंगलमा जानुपर्ने बाध्यता रहेको स्थानीय ऋषि काफ्लेले बताए । प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछाने र प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले घास दाउरा गर्न भारतीय जंगलमा नजान निर्देशन दिएका छन्।

प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदनको फैसला

लुम्बिनी पत्र । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदनको फैसला सुनाइएको छ । घटना भएको करिब तीन बर्षपछि सुनवाई गर्दै जिल्ला अदालत सल्यानले १० बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो । सल्यान अदालतका न्यायधीश कुलप्रसाद केसीको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ । घटनाका मुख्य योजनाकार टीकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्धामा थप दश बर्ष कैद फैसला सुनाइएको छ । प्रतिष्ठित ब्यबसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो । अदालतले पुजा घर्ती, अबिरल महतरा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रुगद थापा र बिरे घर्तीलाई अपरहण मुद्धामा कारागार चलान गरिएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको हो । दाङ प्रहरीले घटनाका मुख्य योजनाकारसहि...

अपराधमुक्त समाज निर्माण गर्न जनताको सहयोग चाहिन्छ: डिआइजी शाह

Image
लुम्बिनी पत्र ।  पाँच नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुरेश विक्रम शाहले नागरिकले प्रहरी संगठनलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् । पुस २२ गते मंगलबार रुपन्देहीको इलाका प्रहरी कार्यालय मर्चवारको नवनिर्मित भवन र ब्यारेकको उद्घाटन गर्दै उनले नागरिकको सहयोग विना प्रहरीले मात्र केही गर्न नसक्ने बताउँदै अपराधमुक्त समाज निर्माणका लागि प्रहरीलाई सहयोग गर्न आग्रह गरे, ‘यो संगठन तपाईहरुको हो, यसलाई मलजल गर्नुस्, हामी लाग्छौं र तपाईंहरुको सेवामा लागिरहन्छौँ।’   ।’गलत क्रियाकलाप गर्ने समूह/व्यक्तिको सूचना दिएमा हामीले समाजलाई शान्त राख्न सक्छौँ, उनले भने, ‘जबसम्म तपाईहरुको सहयोग पाउँदैनौं तबसम्म अपराध अनुसन्धानमा सफल भइदैन।’ उनले नागरिकलाई पीडा दिने क्रियाकलाप भएमा आफूहरु नागरिकको प्रहरी हुन नसक्ने भन्दै आचरण, व्यवहारमा थप सुधार ल्याउन आफू मातहतका कर्मचारीलाई निर्देशन दिए। नयाँ भवनजस्तै प्रहरीको सेवा उत्कृष्ठ हुने बताउँदै सत्य सेवा सुरक्षणम् मूलमन्त्र अंगालेर काम गर्ने उनले निर्देशन दिए । कुल २३ कठ्ठा क्षेत्रफलमा रहेको इप्रका मर्चवारको नयाँ भवन १ करोड ५५ ल...

वर्दियामा विविध कार्यकम गरी २२ औं भूकम्प सुरक्षा दिवस मनाइने

Image
लुम्बिनी पत्र । जिल्ला विपद् व्यवस्थापन समितिले विविध कार्यकम गरी माघ २ गते पर्ने २२ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने को अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा , जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र , विभिन्न संघसंस्थाको सहकार्यमा  विविध कार्यकम गरी दिवस मनाउने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ प्रेमलाल लामिछानेले बताए । दिवसका अवसरमा  पुस २६देखि माघ १० गते भित्र सबै स्थानीय तहमा भूकम्प सुरक्षा सम्बन्धी अभिमुखिकरण गर्ने,  विद्यालय तथा समुदाय स्तरमा भूकम्प सुरक्षा रेली तथा कृत्रिम घटना अभ्यास कार्यकम,  भूकम्प प्रतिरोधी भवन निर्माणको प्रतिवद्वताका लागि हस्ताक्षर संकलन गर्ने , सञ्चार माध्यमबाट सचेतनामुलक सामग्रीहरू प्रकाशन तथा प्रशारण गर्ने,  भूकम्प सुरक्षासम्बन्धी नमुना प्रदर्शन गर्ने, भूकम्प सुरक्षासम्बन्धी स्थानीय सञ्चार माध्यमले परिसंवाद कार्...

बर्दिया प्रहरीद्वारा राजापुरमा अवैध समान बरामद

Image
लुम्बिनी पत्र। तस्करसंगको मिलोमतोमा थोरै राजश्व लिएर राजापुर भन्सार कार्यालयका कर्मचारीले बढी समान तस्करी गराएकोमा बर्दिया प्रहरी द्वारा समान बरामद गरिएको छ ।अवैध रुपमा भन्सार छली ल्याइदै गरेको व्यापारीक प्रयोजन सामान राजापुर बजारवाट ४ जना प्रक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र सशस्त्र प्रहरीको संयुक्त गस्ति टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला लख्खिमपुर भारतका अन्दाजी ४९ बर्षका अनिम अन्सारी , राजापुर बर्दियाका बर्ष २० का सानु अन्सारी राजापुरकै ३२ बर्षीय सानुवावु अन्सारी र राजापुरकै बर्ष २० का गुप्तान अन्सारी रहेका छन् । राजापुर बजार स्थित कृषी बिकास वैंङ्क नजीकैवाट पक्राउ गरिएको हो । पक्राउ गरिएको व्यापारीक सामानमा हार्डवेयर, कस्मेटीक समान ,खेलौना कपडा लगायत रहेको बताइएको छ । पक्राउ गरिएको सामान अन्दाजी १ लाख ५० हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। पक्राउपरेका चारै जनालाई थप अनुसन्धानकालागी जिल्ला प्रहरी कार्यलय बर्दिया पठाइएको  इलाका प्रहरी कार्यालय राजापुर का  प्रमुख...