Posts

Showing posts from November, 2019

हाडनाता करणीको आरोपमा एक युवक पक्राउ

Image
लुम्बिनी पत्र। बहिनी नाता पर्ने १५ बर्से नाबालिकालाई हाडनाता करणी गर्ने २५ बर्से युवकलाइ वर्दिया प्रहरीले  पक्राउ  गरेको छ। २०७६ असोज २५ गते राती ११.०० बजेको समयमा जिल्ला बर्दिया गुलरीया नगरपालीकामा साथिको घरमा गई सुति रहेको अबस्थामा एक नाबालिकाको दाजु नाता पर्ने आई  बहिनि ढोका खोल भनि भनेपछी आफ्नै दाजुले ढोका खोल भनेको सुनेपछी निज पिडितले ढोका खोली बाहीर आई के भयो दाजु भनि भन्दा तिमीसंग एकछीन काम छ भनि फाकाई निजले पिडितलाई बोल्न कराउन नदीई लतार्दै ट्वाईलेट पछाडी लगी जबरजस्ति करणी गरी कसैलाई भनेमा काट्छु मार्छु भनि धम्की समेत दिई नग्न अबस्थामा छोडी सो स्थानबाट भागी गएको पिडीतको आरोप छ। घटना कोहि कसैलाई भनेमा ज्यान मार्ने सम्मको धम्की दिएका कारण पिडित बालिकाले केही महिना  सम्म कसैलाई भन्न नसकेकी पीडीतले आफ्नी फुपु नाता पर्ने लाई जानकारी गराएपछि निज फुपुले प्रहरीलाई खबर गरेकी थिइन्। निज पिडक २५ बर्से दाजुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका ईन्स्पेक्टर लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले तत्काल पक्राउ गरी जिप्रका बर्दियामा राखि आबश्यक अनुसन्धान कार्य भईरहेक...

गोजी बनाई लिंगको भागमा ब्राउन सुगर लिएर हिड्ने पक्राउ

Image
लुम्बिनी पत्र। बर्दियाको मधुबन नगरपालिका-५ शान्तिपुरका दिनेश थापा लागुऔषध (ब्राउनसुगर) राखेर ओसारपसार गर्दैगर्दा सुर्खेतमा पक्राउ परेका छन्। उनले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई लिंगको भागमा अड्याएर ल्याएका थिए। ‘चेकजाँच गर्दा पनि पत्ता नलागोस भनेर कट्टुभित्र लिंगमा अड्याएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने ‘छामछुमगर्दा लिंग र ब्राउनसुगर छुट्याउन मुस्किल थियो, पेन्टी खोलेपछि वास्तविकता पत्ता लग्यो।’ उनको साथबाट ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनी नेपालगंजबाट भे५प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत आउँदै थिए। सुर्खेत वीरेन्द्रनगर-११ सुब्बाकुना चेकपोष्टमा खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। थापाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

क्वारेन्टाइन र भन्सार नगरी माछा भित्राउने लाई कारवाही शुरू

Image
लुम्बिनी पत्र । मधुवन ३ धानौराका ४२ वर्षीय जुग्राम थारु , ४० वर्षीय लाल्टुरम थारुले क्वारेन्टाइन र भन्सार नगराई  भारतबाट धनौरा हुँदै नेपाल भित्राएका बैखा र माँगुर जातका ६० किलो माछा  नष्ट गरिएको छ। भारत बाट अवैध रूपमा नेपाल भित्रिएको सो माछा जिल्ला प्रहरी कार्यालय वर्दियाले जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरेको हो । क्वारेन्टाइन र भन्सार नगराई भारतबाट  अवैध रूपमा माछा  भित्राएका थारुद्वयलाइ जिल्ला प्रहरी कार्यालयको  हिरासतमा राखी  अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए। तस्करी बिरुद्ध शुन्य सहनशीलताको नीति अपनाउँदै आएका वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोला एकपछि अर्को गर्दै भन्सार छली र तस्करी बिरुद्ध एक्सनमा उत्रिएका छन् । लागू औषध सेवन तथा ओसापसार, मानव वेचविखन तथा तस्कर समाउने देखि यतिवेला उनि भन्सार छली गर्नेलाई आफ्नो निशाना बनाई उपलब्धी हासिल गर्न सफल देखिएका छन् । सोही अभियान अन्तर्गत वर्दिया प्रहरीले भन्सार छली ल्याइएका माछा पक्रन सफल भएको छ। बर्दियाका  प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशनमा सादा पोशाकमा खटि...

कर्मचारी शिविरमा ११ सयले स्वास्थ परीक्षण गराई निःशुल्क औषधि पाए

Image
लुम्बिनी पत्र । ईच्छा शक्ति भए धन होइन मन भए पुग्दो रहेछ भन्ने मान्यताका साथ राजधानी र प्रादेशिक राजधानी देखि टाढा रहेको बर्दिया जिल्लाको बाँसगढी न.पा.-६ दमाैली स्थित जनप्रिय मा.बि.को प्राङ्गणमा  एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। निजामती कर्मचारीहरूको अाधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले बाँसगढी नगरपालिका स्वास्थ शाखाको समन्वय मा मंसिर १३ गते १ दिने निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो।  शिबिरबाट १ हजार ७८ जना स्थानिय बासिन्दाले प्रत्यक्ष सेवा लिएका छन्।   निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले  बाँसगढी नगरपालिका स्वास्थ शाखाको सहयोग तथा समन्वयमा  बाँसगढी ६ दमौली स्थित जनप्रिय माविको प्राङ्गणमा  बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो।  शिविरमा छाला तथा यौन, दन्त, हाडजोर्नीका बिरामीहरूले स्वस्थ परीक्षण गरी र निःशुल्क औषधि लिई शिविरबाट लाभ लिएको निजामती  कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समितिका जिल्ला उपाध्यक्ष दोर्ण राज शर्माले बता...

भन्सार छली र तस्करी बिरुद्ध एस.पी. बास्तोला एकपछि अर्को एक्सनमा

Image
लुम्बिनी पत्र। तस्करी बिरुद्ध शुन्य सहनशीलता को नीति अपनाउँदै आएका वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोला एकपछि अर्को गर्दै भन्सार छली र तस्करी बिरुद्ध एक्सनमा उत्रिएका छन् । लागू औषध सेवन तथा ओसापसार, मानव वेचविखन तथा तस्कर समाउने देखि यतिवेला उनि भन्सार छली गर्नेलाई आफ्नो निशाना बनाई उपलब्धी हासिल गर्न सफल देखिएका छन् । सोही अभियान अन्तर्गत वर्दिया प्रहरीले भन्सार छली ल्याइएका माछा पक्रन सफल भएको छ। बर्दियाका  प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशनमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले बर्दियाको मधुवन ३मा रहेको धनौरा नाका हुँदै भारतबाट भन्सार छली  नेपाल भित्रराइएका क्वारेन्टाइन चेक जाँच नगरिएका मंगुर माछा भारीमात्रामा बरामद गरेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। भन्सार छली माछा, कुखुरा,  तेल, खाद्यान्न, कपडा, मोटर पार्ट्स,मलखाद, बीऊ विजन लगायत समान मगाउने ब्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको छ । नियमित भन्सार  नतिरी भन्सार छलि अवैध रुपमा नेपालमा राखिएका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नियन्त्रणमा लिन भन्सार बुझाउने कार्यला...

झारफुकको नाममा जबरजस्ति करणी गर्न खोज्ने झाँक्रि पक्राऊ

Image
लुम्बिनी पत्र। गुलरीया नगरपालीका .वडा नं.८ आशापुर स्थित बुढा खोलामा ऐ.वडा बस्ने बर्ष ५१ को जगतनाथ लोध पक्राउ परेका छन्। मंसिर १० गते राती ८ बजेको समयमा  पेट दुख्ने बिरामी भएकी आफ्नै छिमेकि महिलालाई झारफुक गर्ने बहानामा  गाँउकै बुढिया खोलामा लगी लोधले जबर्जस्ती गर्न खोजेको पिडीतको आरोप छ। तिम्रो श्रीमान यता आउन मिल्दैन भनि निज पिडितको श्रीमानलाई करीब आधा किलोमिटरको दुरीमा राखी  पिडितलाई  मात्र लगी केहीबेर झारफुक गरे जस्तो गरेको केही बेर पछी निजले आफ्नो लुगा समेत खोली  जबरजस्ति करणी गर्ने प्रयास गर्न थालेपछि पिडीत झाकृको पन्जाबाट फुत्केर स्थानबाट भागेकी थिइन्।  आफु बलात्कृत हुनबाट बचि तत्काल प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डको प्रहरी टोलिले निज  पिडक झाक्री  जगतनाथ लोधलाई पक्राउ गरी यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।

पन्तको हत्यामा संलग्न चार जना लाई प्रहरी ले पक्राउ गर्यो

Image
लुम्बिनी पत्र। कञ्चनपुरको दोधाराचाँदनीका २२ वर्षीय दिपक पन्तको हत्यामा संलग्न चार जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।  बिहीबार बिहान चाँदनी घरदेखि महेन्द्रनगर–मझागाँउ सडक खण्डकाे भीमदत्त नगरपालिका–१८ गोबरैयामा दिपकको चक्कु प्रहारका साथै हेलमेटले हानेर हत्या गर्ने चार युवालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख दिनेश आचार्यले भीमदत्त नगरपालिका ४ गोबरैयामा २२ वर्षीय मनिष नाथ, भीमदत्त नगरपालिका–१५ गोबरैयाका २२ वर्षीय विनोद बोहरा, भीमदत्त नगरपालिका १५ गोबरैयाका २२ वर्षीय गणेश लुहार र भीमदत्त नगरपालिका १५ गोबरैयाकै रविन सिंहले पन्तको हत्या गरेको स्वीकार गरेको बताए । ‘पक्राउ परेका चारै जनाले पन्तमाथि कुटपिट गरेको स्वीकार गरेका छन,' प्रहरी प्रमुख आचार्यले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’  आचार्यका अनुसार चार जनाले नै पन्तलाई ओभरटेक गर्दै कुटपिट गरेको बताए । ‘मृतक पन्तभन्दा अघि स्कुटी रहेछ,' आचार्यले भने, ‘पछाडिबाट आएको मोटरसाईकले नै मृतकलाई ओभरटेक गरेर कुटेका रहेछन् ।’  मृतक र कुटपिट गर्ने समुहको चिन...

निःशुल्क स्वास्थ्य शिविर सुरु

Image
लुम्बिनी पत्र । बाँसगढी ६ दमौलीमा  एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सुरु  भएको छ। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले मंसिर १३ गते भव्य र सभ्य रूपमा निःशुल्क स्वास्थ शिविर आयोजना सुरू गरेको हो।  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले  बाँसगढी नगरपालिका स्वास्थ शाखाको सहयोग तथा समन्वयमा  बाँसगढी ६ दमौली स्थित जनप्रिय माविको प्राङ्गणमा  बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  छाला तथा यौन, दन्त, हाडजोर्नीका बिरामीहरूको स्वस्थ परीक्षण हुने भएकाले शिविरबाट लाभ लिन  निजामती  कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समितिका जिल्ला उपाध्यक्ष दोर्ण राज शर्माले बताए।  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाका अध्यक्ष याम बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यकममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्य ढकाल,  बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, बाँसगढी नगर प्रमुख शालिकरा...

मोतिपुर प्रहरीद्वारा सचेतनामुलक सामग्री वितरण

Image
लुम्बिनी पत्र। समुदाय प्रहरी साझेदारी कार्यकम अन्तर्गत इलाका प्रहरी कार्यालय मोतिपुर ले बाँसगढी ६ मा सचेतनामुलक सामग्री वितरण गरिएको छ। इलाका प्रहरी कार्यालय बाँसगढी का प्रहरी निरीक्षक इन्द्रजीत सुनार को नेतृत्व र प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सचेतनामुलक सामग्री वितरण गरिएको हो। जनप्रिय मावि दमौलीमा स्वास्थ परीक्षण गर्न आएका २०० जति सर्वसाधारणहरुलाई महिला हिंसा , लागू औषध र अपराध नियन्त्रण  बारे जानकारी दिने सचेतनामुलक सामग्री वितरण गरिएको प्रहरी निरीक्षक सुनरले बताए।

माेटरसाइकल सहीत तीन युवा पक्राऊ

Image
लुम्बिनी पत्र। वर्दिया प्रहरीले रामबहादुर नेपाली,दिनेश ढकाल र अशोक क्षेत्रीलाई पक्राउ गरेको छ। जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र मल्ल , जिल्ला प्रहरीका प्र स नि महावीर चौधरी सहितको टोलीले बढैया ताल ८ वाट उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई कागजात नभएको चोरीको भे ९ प ३७४५, भे ७ प ४७४३, भे ९ प ९०९६को १५० सिसिको कालो रंगको पल्सर मोटरसाइकल सहित सवारी चेकजाँचका क्रममा पक्राउ गरेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए। 

विप्लव बिरुद्ध आक्रामक बन्दै वर्दिया प्रहरी, थप ३ जना विप्लव कार्यकर्ता पक्राउ

Image
लुम्बिनी पत्र । विप्लव बिरुद्ध आक्रामक शैली मा अगाडी वर्दिया प्रहरीले विप्लवका थप ३ जना कार्यकर्ता पक्राउ गरेको छ। अछाम घर भई नेपाल कम्युनिस्ट पार्टी विप्लवका भेरी ब्युरो सदस्यको जिम्मेवारीमा रहेका राम बहादुर बि क, बम बहादुर ताम्राकार वर्दियामा पक्राऊ परेका छन्। बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको  नियमित फोलो  निर्देशनमा सादा पोशाकमा  जि प्र का बाट खटिएको  प्रहरी प्रहरीले राम बहादुर ताम्राकारलाई पक्राऊ गरेको हो।  अछाम कुर्माखान गाउँपालिका वडा नं.४ बस्ने बर्ष २९का अखिल क्रान्तिकारीका बर्दिया जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका बि  र  कैलालीकाे जानकी गाउँपालिका वडा नं.९ बस्ने बर्ष २७ को ताम्राकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । लुकीछिपी बसेको अवस्थामा राजापुर नगरपालिका वडा नं. ४ बाट जिल्लाप्रहरी कार्यालयबाट साधा पोषाकमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई विहीबार साँझ ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान गरिरहेक...

मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन तथा दोहन रोक्न अनुगमन

Image
लुम्बिनी पत्र।मापदण्ड विपरित नदीजन्य पदार्थको जथाभावी उत्खनन तथा दोहन रोक्न बर्दियामा नियमित अनुगमन सुरु गरिएको छ। जिल्लास्थित सुरक्षा निकाय तथा सरोकारवालाहरुले अनुगमन शुरु गरेका हुन्। जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु,उपप्रमुख मान बहादुर विष्ट, प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, निमित्त जिल्ला वन अधिकृत सितेस महतो, लुम्बिनी पत्र दैनिकका प्रकाशक संपादक  यम घिमिरे, पत्रकार निर्मल घिमिरे लगायतको टोलीले बबई नदीमा पर्ने नदीजन्य पदार्थ उत्खनन हुने घाट हरुको अनुगमन गरेको हो।  टोलीले कुम्रहा, बनकटी, खैलारघाट को अनुगमन गरी ढुङ्गा, गिटी, बालुवा  नदीजन्य पदार्थको   उत्खनन तथा दोहनको अवस्था बारे अनुगमन गरी जानकारी लिएको हो  अनुगमन पछि लुम्बिनी पत्र सँग कुरा गर्दै प्रजिअ लामिछानेले मापदण्ड विपरित जाठभवि  ढुङ्गा , गिटी, बालुवा  उत्खनन , दोहन, ओसारपसार तथा विक्री वितरण गर्ने जोसुकैलाई कारवाही गर्ने चेतावनी दिए। नदीजन्य पदार्थ ढुवानी गर्ने  सवारी साधनमा प्रहरीले विशेष निगरानी बढाएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक...

निजामती कर्मचारीद्वारा मंसिर १३ गते बाँसगढी दमौलीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

Image
लुम्बिनी पत्र । आधिकारिक ट्रेड युनियनले मंसिर १३ गते भव्य र सभ्य निःशुल्क स्वास्थ शिविर आयोजना गर्ने भएको छ।  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले  बाँसगढी नगरपालिका स्वास्थ शाखाको सहयोग तथा समन्वयमा  बाँसगढी ६ दमौली स्थित जनप्रिय माविको प्राङ्गणमा मंसिर  १३गते बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  छाला तथा यौन, दन्त, हाडजोर्नीका बिरामीहरूको स्वस्थ परीक्षण हुने भएकाले शिविरबाट लाभ लिन  निजामती  कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समितिका जिल्ला उपाध्यक्ष दोर्ण राज शर्माले सबैमा अनुरोध गरेका छन्।

ढोढरी प्रहरीले पनि १६ दिने अभियान मनायो

Image
लुम्बिनी पत्र । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा मनाउन बर्दिया प्रहरीले निकै सक्रियता देखाएको छ।  बर्दिया का प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशन बमोजिम मातहतका इकाईहरु लैङ्गिक हिसा विरुद्धको  ‌१६ दिने अभियानलाई भव्य र सभ्य रूपमा मनाइरहेका छन्।  अभियानको तेस्रो दिन मंसिर ११गते दिउसो १२ बजेको समयमा  बर्दिया मधुवन न.पा.वडा ४मा रहेको ईलाका प्रहरी कार्यालय ढोढरीले आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक प्रदर्शन गरिएको छ। जनप्रतिनिधि , पार्टी प्रतिनिधि ,महिला स्वयसेवीका, शिक्षक ,बिधार्थी ,अभिभावक लगायतका विभिन्न मानिसहरुको उपस्थितिमा रेली, प्रवचन सम्पन्न गरिएको छ। हिंसा गर्न नहुने र यसको निराकरण गर्न आम नागरिक सचेत हुनु पर्छ भन्ने बिषयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

4200 नेट्रावेट व टोरेक्स की शीशियों सहित नेपाली महिला गिरफ्तार

Image
लुम्बिनी पत्र।  मंगलवार 26 तारीख की शाम 07 बजे रूपईडीहा एसएसबी कैम्प पर जांच करते समय एक नेपाली महिला को को 04 हजार 02 सौ नेट्रावेट टेबलेट व 20 शीशी टोरेक्स सहित गिरफ्तार किया गया है। एसएसबी 42वीं वाहिनी के डिप्टी कमांडेंट शैलेष कुमार ने जानकारी देते हुए बताया कि एक मुखबिर ने सूचना दी कि रूपईडीहा की ओर से एक युवती मादक पदार्थ लेकर आने वाली है। मैने अपनी व थाने की महिला सिपाहियों को कैम्प के सामने बुला लिया। जैसे ही रिक्शे से अकेली महिला कैम्प पर पहुंची। उसे उतार कर महिला जवानों के साथ कैम्प मे भेजा गया। जांच के दौरान उसके पूरे शरीर मे टेबलेट के पत्ते व टोरेक्स की बोतले चिपकी हुई मिली। बाहर से उसने ढीला ड्रेस पहना था। थाने ले जाकर प्राथमिकी दर्ज करायी गयी। पत्रकारों ने जब महिला से पूछा तो उसने अपना नाम शर्मीला पत्नी राम बहादुर गुरूंग बताया। 30 वर्षीया शर्मीला ने बताया कि उसकी शादी हो गयी है। मेरे दो बच्चों है। पति ने दूसरी शादी कर ली है। मुझे नींद न आने के कारण इन गोलियों की लत पड़ गयी। ये गोलियां मै खुद खाती हूं। शर्मीला पूर्ण रूपेण नशे मे थी। मेडिकल परीक्षण के लिए उसे पुलिस च...

लुम्बिनीको समाचार प्रभाव, हराएका बालकले अभिभावक पाए

Image
लुम्बिनी पत्र।  लुम्बिनी पत्र दैनिकको समाचारको प्रभावले हराएका बालकले आफ्नो अभिभावक फेला पारेका छन। कोहलपुर बजारबाट हराएका कोहलपुर ७का १० वर्षीय अजित थारुलाई लुम्बिनी पत्रमा प्रकाशित समाचार हेरेर ५५ वर्षीय हजुर बुवा राम चरण थारु दिउँसो ५ जिल्ला प्रहरी कार्यालय वर्दिया पुगेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।  लुम्बिनी पत्रमा समाचार देखेर हजुरबुवा आएको हजुर बुवालाई साँझ ५:१५ नाति बुझाइएको  प्रहरी निरीक्षक लक्ष्मण ओली ले बताए। कार्यालय वर्दिया ले  आजै  दिउँसो अन्दाजी बर्ष ९ का चौधरी समुदायका एक बालक फेला पारेको सूचना लुम्बिनी पत्र लाइ दिएको थियो। प्रहरीले आफ्नो नाम, अभिभावकको नाम र घर बताउन नसक्ने बालक फेला पारेको हुँदा उनको फोटो हेरेर उनलाई चिन्ने अभिभावक तथा महानुभाव हरुलाई जिप्रका वर्दियाले तत्काल सम्पर्कमा आउन भनेको थियो।  बालकलाई चिन्ने महानुभावले ९८५८०९०१०१, ९८५८०९०९०३ मा फोन सम्पर्क गर्न भनिएको थियो।

बालक फेला, जिप्रका बर्दियामा सम्पर्क गर्न आग्रह

Image
लुम्बिनी पत्र । जिल्ला प्रहरी कार्यालय बर्दियाले अन्दाजी बर्ष ९ का चौधरी समुदायका एक बालक फेला पारेको छ । प्रहरीले आफ्नो नाम, अभिभावकको नाम र घर बताउन नसक्ने बालक फेला पारेको हुँदा उनको फोटो हेरेर उनलाई चिन्ने अभिभावक तथा महानुभाव हरुलाई जिप्रका वर्दियाले तत्काल सम्पर्कमा आउन भनेको छ। बालकलाई चिन्ने महानुभावले ९८५८०९०१०१, ९८५८०९०९०३ मा फोन सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय का प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वली ले बताए।

१६ दिने अभियान मा समुदाय सचेतना गर्दै जिल्ला प्रहरी बर्दिया

Image
लुम्बिनी पत्र।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया,सामुदायीक सेवा केन्द्र, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा सो कार्यकम भएको हो। गुलरिया  वडा न.४ का वडा अध्यक्ष राम बहादुर रावलको अध्यक्ष्यता,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत शिला शाहको प्रमुख आतिथ्य,ओरेक नेपाल बर्दिया की प्रमुख सपना शर्माको उपस्थितिमा सो कार्यकम सम्पन्न भएको हो। जिल्ला बर्दिया गु.न.पा.०५ मा रहेको ध्रुव मा.वि.को प्राङ्गणमा महिला,पुरुष गरी १०० जनालाई जि.प्र.का.बर्दियाका प्र.नि.लक्ष्मण ओलीले लैङ्गिक हिंसा सम्बन्धी सचेतना दिए। कार्यकम जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.नि.लोकेन्द्र बहादुर मल्लले सडकको सही प्रयोग गर्ने तरिका सम्बन्धित बिषयहरुमा प्रशिक्षण गरेको प्र स नि सरस्वती पौडेलले बताइन्। x

बास्तोलाको नेतृत्वमा बर्दियामा सुरक्षा र विकास प्रभावकारी बन्दै

Image
लुम्बिनी पत्र । कानुन कार्यान्वयनको क्रममा कडाईका साथ प्रस्तुत हुने बर्दियाका प्रहरी प्रमुख एसपी राजेश नाथ वास्तोलाको  जिल्लामा सर्वत्र बखान हुन  थालेको छ। बास्तोलाको नेतृत्वमा बर्दिया प्रहरीले अवलम्बन गरेको सुरक्षा रणनीति तथा योजनाको प्रभावकारी कार्यान्वयनले अपराध नियन्त्रणमा थप सफलता देखिएको छ। साथै विकास कार्यले पनि गति लिएको छ। सुरक्षा सुर्धान प्रहरी प्रमुख राजेशनाथ वास्तोलाले अवलम्बन गरेको नयाँ  सुरक्षा कार्यशैलीले प्रहरी अधिकारी तथा जवानहरुलाई उत्साहका साथ काम गरेका छन।  सरुवा भएर आएको एक साता भित्रमा उनले राजश्व छलेर नेपालमा चल्ने दर्जन बढि भारतीय नम्बरका सवारी साधन नियन्त्रणमा लिएका थिए । त्यसमध्यमा चोरिको हुन सक्ने आंशकाका सवारी साधन आन्तरिक राजश्व कार्यालयमा बुझाएर  प्रहरीले जिल्लामा राम्रो पकड जमाएको छ । त्यसयता लागुऔषध बरामद, राज्य विरुद्धका संघर्ष गरिरहको विप्लव समूह र फरार प्रतिबादी पक्राउ गर्न प्रहरी सफल भइरहेको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले बताए। २०७६ वैशाख ३०मा बास्तोला प्रहरी प्रमुख भए यता ५८ किलो चरेस ,१४ ग्राम लागुऔषध र वि...

गति लिँदै बागमती सिचाइ

Image
लुम्बिनी पत्र । सर्लाही र रौतहट  जिल्लाका किसानको खेतमा सिचाई सुविधा पुर्‍याउने राष्ट्रिय प्राथमिकता प्राप्त बृहत बागमती सिंचाई आयोजनाले पछिल्लो समय गति लिएको छ ।  आयोजना प्रमुख मित्र बरालको नेतृत्व र  डीईहरुको  प्राविधिक सल्लाहमा आयोजना अन्तर्गत नहर निर्माण,सरसफाई तथा मर्मत कार्य तीब्र गतिमा भएको छ।                                  ब्यवस्थित सिंचाई सुविधा उपलब्ध गराई कृषि उत्पादनमा बृद्धि ल्याउने  बरालको नेतृत्व र डिई हरुको मेहनत र प्रयासले आयोजनाले गति लिएको स्थानीयले बताए। प्रदेश २ को मुख्य पेसा कृषि रहेको र बागमती सिचाई योजना सो प्रदेशको ठुलो योजनामा पर्दछ । बागमती सिंचाई आयोजना अन्तर्गतको मुल र प्रशाखा नहरबाट सर्लाही र रौतहटको झण्डै ४६ हजार ५ सय हेक्टर खेतीमा सिंचाई हुदै आएको छ । सर्लाही तिर १४ र पश्चिम मुल नहर १५ किलोमिटर लामो निर्माण भएको आयोजना प्रमुख  बरालले बताए।

बस्याल पुलिस अफ द मन्थ भए

Image
लुम्बिनी पत्र । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी सहायक निरीक्षक सुनिल बस्याल कार्तिक महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन।                                                       कार्तिक ३० गते ५८ किलोग्राम लागू औषध चरेस सहित ५ जनालाई पक्राउ गर्न सफल भएका प्र स नि  बस्याललाई बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले पुलिस अफ द  मन्थ घोषणा गर्दै पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन्।  प्रहरी उपरिक्षक बाँस्तोलाले बस्यालको कमाण्डमा खटिएका प्रहरी कर्मचारीहरु  प्रहरी हवल्दार नन्दकिशोर बर्मा,प्रहरी जवान सिता खड्का र प्रहरी जवान बिरेन्द्र खत्रीलाई समेतलाई नगद पुरुस्कारबाट पुरस्कृत गरेका छन्।     जिल्ला प्रहरी कार्यालय मातहतका   प्रमुख हरुको समीक्षा बैठकमा  बस्याल लगायत ४ जना  प्रशंसित तथा पुरस्कृत भएका हुन्।       

बर्दियामा उद्योग दिवस मनाइयो

Image
लुम्बिनी पत्र। उद्योग र पूर्वाधार ‌,समृद्धिको आधार भन्ने नाराका साथ बर्दियामा पाँचौं उद्योग दिवस मनाईएको छ।                                        दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय गुलरिया को आयोजनामा उद्योग वाणिज्य संघ गुलरिया को हलमा अन्तर्क्रिया गोष्ठी गरिएको छ।                                    बर्दियाका प्रजिअ प्रेम लाल लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यकम मा उद्योग अधिकृत मोहन सिंह घर्तीले कार्य पत्र प्रस्तुत गरेका छन्। कार्यकममा उद्योग बाणिज्य संघ गुलरिया अध्यक्ष वीर बहादुर चौधरी, बर्दिया उद्योग वाणिज्य संघ राजापुर का अध्यक्ष कृष्ण रेग्मी, लघु उद्यमी जिल्ला संघ का अध्यक्ष शोभा ज्ञवाली, होटल  व्यवसायी संघका अध्यक्ष तुलसी तिमिल्सिना लगायतको सहभागिता छ।

बर्दिया प्रहरीले विप्लवका २ कार्यकर्ता पक्राऊ गर्यो

Image
लुम्बिनी पत्र । बर्दिया प्रहरीले ने क पा विप्लवका २  कार्यकर्तालाइ पक्राऊ गरेको छ।                       नेकपा पुनर्गठन को छैठौ स्थापना दिवसमा राज्य विरुद्धका गतिविधि हुन नदिन स्विप अप्रेसन  चलाएको प्रहरीले  मंसिर ७ गते रातको ११ बजेको  सदस्यसमयमा जिल्ला रमेश बि.क.र पाटी सदस्य सन्जु चौधरीलाई बांसगढी न.पा. वडा नं.३ भगराचोक र CG प्र.लि.को मुलगेटमा पर्चा पम्पलेट टांस्दै गर्दा पक्राउ गरिएको इलाकाहो। इलाका प्रहरी कार्यालय मोतिपुरका  प्रमूख इन्द्रजित सुनार सहितको प्रहरी गस्ति टोलीले उनीहरुलाई पक्राऊ गरेको हो।                  सरकार द्वारा प्रतिबंधित बिप्लव समुहका बर्दिया जिल्ला सदस्य बि.क.र पाटी सदस्य चौधरीबाट ५० थान पर्चा पम्पलेट समेत बरामद भएको बर्दिया प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले बताए।

युनिक नेपाल सम्मानित

Image
लुम्बिनी पत्र । नेपाल सरकारबाट युनिक नेपाल सम्मानित भएको छ। बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गरेको सो संस्था सम्मानित भएको हो।                                                  आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७६को उपलक्ष्यमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज बाट सम्मानित भएको हो। बाँकेका प्रजिअ कुमार बहादुर खड्का, आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले युनिक नेपालका अध्यक्ष प्रेम दहित लाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन्। ।                                    आर्थिक वर्ष २०७४ /०७५मा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कार्यक्षेत्र अन्तर्गत बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने राजापुर २को युनिक नेपाललाई सम्मान गरिएको कर विभागका महानिर्देशक विनोद बहादुर कुंवरले लुम्बिनी पत्र दैनिकलाई बताए।          ...

मौरीले टोकेर ज्यान गयो

Image
लुम्बिनी पत्र।  बाँकेको खजुरा सिमलघारी निवासी ७० वर्षिय एक वृद्धाको मौरीले टोकेर बर्दियामा ज्यान गएको छ। आफन्त भेट्न बर्दिया गएको बेला  बढैयाताल ४ नेरामावि स्कूल नजिक मौरीले टोकेर बोरु राम चौधरीको ज्यान गएको हो। बोरुरम सँगै गएका ६५ वर्षीय  गया चौधरी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। चिल ले जिसकाएको बिच्किएको  मौरीको घानमा उनीहरू परेका थिए।माहुरीले टोकेर घाइते बढैयाताल  ७ बस्ने बर्स ३३ कि धनमाया थारुको उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलिले बताए।

हुलाकी सडक निर्माण कार्य राम्रो गतिमा

Image
लुम्बिनी पत्र । प्रहरी प्रशासन, निर्माण व्यवसायी, मिडियाकर्मी सक्रियतामा हुलाकी सडक निर्माण कार्यले राम्रो गति लिएको छ । हुलाकी सडक आयोजना अन्तर्गत गणपति निर्माण सेवाले  जिम्मा लिएको १८ किलोमीटर मध्ये १६.५ किलोमीटर सडक निर्माण कार्य सम्पन्न भैसकेको छ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले २०७३ माघ ८ गते बर्दियामा शिलान्यास गरेको हुलाकी सडक कालोपत्रेको काम बर्दियामा अन्तिम चरणमा रहेको छ।                                                        तुलसीराम भण्डारी प्रोप्राइटर रहेको गणपति निर्माण सेवा मार्फत मधुवन ८ नम्बर चोकदेखि सुराजपुर मुर्तीहा सडकखण्ड को  काम गुणस्तरीय र तिब्र गतिमा भई रहेको छ।  प्रजिअ प्रेमलाल लामिछाने , स्याङ्जाका प्रजिअ राम बहादुर कुरुम्बाङ, प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, सप्रउ यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान बर्दियाका प्रमुख योगेन्द्र  के सी, गुलरिया नगरप्रमुख मुक्तिनाथ यादव, प्रशा...

दुर्व्यसनी सुधार गृहको अनुगमन

Image
लुम्बिनी पत्र। जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले बर्दियाको मधुवनमा लागू औषध दुर्व्यसनी सुधार गृहको अनुगमन गरेका छन्।             प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ, बास्तोलासशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धानका उपनुसंधन अधिकृत योगेन्द्र के सी, मधुवन नगरप्रमुख गणेश बहादुर क्षेत्री, उपप्रमुख शुभ रानी थारु लगायतले मधुवन ६ कुसुम्बा बजारमा रहेको सो सुधार गृह स्थापना गरिएको  संघर्ष उपकार सुधार गृहको अनुगमन गरे। अनुगमनको कर्ममा प्रजिअ लामिछानेले मापदण्डमा बमोजिम सुधार गृह सञ्चालन गर्न निर्देशन दिएका छन्। लागू औषध सेवानकर्तहरूहरुलाई दुर्व्यसन बाट मुक्त गरी शुद्ध जीवन यापन गर्न सघाउ पुर्याउने उद्देश्यले बर्दियामा संघर्ष उपकार सुधार गृह स्थापना गरिएको अध्यक्ष मेक बहादुर गुरुङले प्रजिअलाई बताए।        सगुन थापा,शम्भु द्विवेदी,राजन गुरुङसँदेश सुवेदी संपर्क व्यक्ति रहेको सो सुधार गृहमा  १७ जना दुर्व्यसनी लाई सुधारका लागि राखिएको संस्थाले जनाएको छ।          ...

मिर्गौला रोग पीडितलाई सहयोग गरेर कांग्रेस नेता रेग्मीले जन्मदिन मनाए

Image
लुम्बिनी पत्र । बर्दियाको गेरूवा ४  निवासी नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमल प्रसाद रेग्मीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन्।  जुझारु,कर्मठ,इमान्दार युवा नेतृत्व, युवा समाजसेवी कांग्रेस जिल्ला सदस्य रेग्मील जन्मदिनको उपलक्ष्यमा मिर्गौला रोगबाट पीडित एक व्यक्तिलाई सहयोग गरेका छन्। रेग्मीले दुवै मिर्गौला फेल भएर मिर्गौला रोगबाट पीडित गेरूवा ४  कै टेक बहादुर वि क लाई रु पाँच हजार पाँच सय पच्पन्न सहयोग गरेका छन्। बर्दियाको राजनैतिक,आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको रेग्मीको सो सहयोग सबैले प्रसंशा गरेका छन्।                                      अस्कल क्याम्पस  इकाई अध्यक्ष, नेविसंघ बर्दियाको अध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्य,पदमा रही राजनैतिक क्षेत्रमा निरन्तर क्रियाशील भई सामाजिक काम गर्दै आएका  रेग्मीलेआफ्नो जन्मदिनको अवसरमा काठमाडौंमा मिर्गौला रोगको उपचार गराइरहेका विपन्न  वि के लाई सहयोग गरिएको हो ।      ...

निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या सच्याउनु पर्छ: मन्त्री त्रिपाठी

Image
लुम्बिनी पत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन्। उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए। मन्त्रालयमा कार्यभार सम्हालेपछिको पहिलो सम्बोधनका क्रममा त्रिपाठीले व्यक्तिपिच्छे कार्यशैली फरक हुने भन्दै आफ्नो कार्यशैली फरक रहेको बताए । स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता रहेको समेत उनले औंल्याए । मन्त्री त्रिपाठीले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए।

नव नियुक्त मन्त्री र राज्यमन्त्रीहरुद्वारा पद तथा गोपनीयताको सपथ

Image
लुम्बिनी पत्र। नव नियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्री र राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री र राज्यमन्त्रीको सिफारिस गरेर राष्ट्रपति समक्ष पेश गरेका थिए। नयाँ मन्त्रीहरुमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका हुन्। यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरले राज्यमन्त्रीको सपथ लिएका छन्।

प्र.ना.उ.घले कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित

Image
लुम्बिनी पत्र। ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जिल्ला प्रहरी कार्यालय गुल्मी दरबन्दीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेलाई कदर स्वरूप २०७६ साल कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । नीति निर्देशन अनुरूप आफूलाई दिइएको जिम्मेवारी पूर्णरूपमा लगनशील तथा कर्तव्यनिष्ट भई पुरा गरेको, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभावकारी भूमिका निर्वाह गरेकाले घलेलाई कार्तिक  महिनामा प्रदेशको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डि आई जी सुरेश विक्रम शाहले बताए। घलेले प्रहरी सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गरी संगठनको उदेश्य प्राप्त गर्ने कार्यमा आफू र मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारीरुपमा परिचालन गरेको सम्मान पत्रमा उल्लेख छ। आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्य गरेको हुँदा घले पुलिस अफ द मन्थबाट सम्मानित भएका हुन्।

राजापुर का किसानले गुणस्तरीय मल पाएनन्

Image
लुम्बिनी पत्र । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात तथा बिक्री गर्ने डि ए पी मल दानादार तथा फुफुराउँदा नभएकाले किसानहरू मर्कामा परेका छन्। हिउँदे बालिका लागि बर्दियाका किसानले  स्थानीय व्यापारी मार्फत खरिद गरेको डि ए पी मल्ल कम गुणस्तरको र डल्लायुक्त भएकाले फोडेर मल छर्नु पर्दा किसानहरू हैरान भएका छन्। तल राखिएको ओसिएको र भिजेको मल वितरण गर्ने साल्ट ट्रेडिङ, स्थानीय व्यापारीलाई सरकारले कारबाही गर्नुपर्ने राजापुर २ की समाजसेवी ज्ञानु माया रिजालले बताइन्।