हाडनाता करणीको आरोपमा एक युवक पक्राउ

लुम्बिनी पत्र। बहिनी नाता पर्ने १५ बर्से नाबालिकालाई हाडनाता करणी गर्ने २५ बर्से युवकलाइ वर्दिया प्रहरीले  पक्राउ  गरेको छ। २०७६ असोज २५ गते राती ११.०० बजेको समयमा जिल्ला बर्दिया गुलरीया नगरपालीकामा साथिको घरमा गई सुति रहेको अबस्थामा एक नाबालिकाको दाजु नाता पर्ने आई  बहिनि ढोका खोल भनि भनेपछी आफ्नै दाजुले ढोका खोल भनेको सुनेपछी निज पिडितले ढोका खोली बाहीर आई के भयो दाजु भनि भन्दा तिमीसंग एकछीन काम छ भनि फाकाई निजले पिडितलाई बोल्न कराउन नदीई लतार्दै ट्वाईलेट पछाडी लगी जबरजस्ति करणी गरी कसैलाई भनेमा काट्छु मार्छु भनि धम्की समेत दिई नग्न अबस्थामा छोडी सो स्थानबाट भागी गएको पिडीतको आरोप छ। घटना कोहि कसैलाई भनेमा ज्यान मार्ने सम्मको धम्की दिएका कारण पिडित बालिकाले केही महिना  सम्म कसैलाई भन्न नसकेकी पीडीतले आफ्नी फुपु नाता पर्ने लाई जानकारी गराएपछि निज फुपुले प्रहरीलाई खबर गरेकी थिइन्। निज पिडक २५ बर्से दाजुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाका ईन्स्पेक्टर लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलिले तत्काल पक्राउ गरी जिप्रका बर्दियामा राखि आबश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला ले बताए।चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती गर्नेलाई  बाह्र वर्षदेखि चौध वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न