लुम्बिनीको समाचार प्रभाव, हराएका बालकले अभिभावक पाए

लुम्बिनी पत्र।  लुम्बिनी पत्र दैनिकको समाचारको प्रभावले हराएका बालकले आफ्नो अभिभावक फेला पारेका छन। कोहलपुर बजारबाट हराएका कोहलपुर ७का १० वर्षीय अजित थारुलाई लुम्बिनी पत्रमा प्रकाशित समाचार हेरेर ५५ वर्षीय हजुर बुवा राम चरण थारु दिउँसो ५ जिल्ला प्रहरी कार्यालय वर्दिया पुगेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।  लुम्बिनी पत्रमा समाचार देखेर हजुरबुवा आएको हजुर बुवालाई साँझ ५:१५ नाति बुझाइएको  प्रहरी निरीक्षक लक्ष्मण ओली ले बताए। कार्यालय वर्दिया ले  आजै  दिउँसो अन्दाजी बर्ष ९ का चौधरी समुदायका एक बालक फेला पारेको सूचना लुम्बिनी पत्र लाइ दिएको थियो। प्रहरीले आफ्नो नाम, अभिभावकको नाम र घर बताउन नसक्ने बालक फेला पारेको हुँदा उनको फोटो हेरेर उनलाई चिन्ने अभिभावक तथा महानुभाव हरुलाई जिप्रका वर्दियाले तत्काल सम्पर्कमा आउन भनेको थियो।  बालकलाई चिन्ने महानुभावले ९८५८०९०१०१, ९८५८०९०९०३ मा फोन सम्पर्क गर्न भनिएको थियो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न