कर्मचारी शिविरमा ११ सयले स्वास्थ परीक्षण गराई निःशुल्क औषधि पाए

लुम्बिनी पत्र । ईच्छा शक्ति भए धन होइन मन भए पुग्दो रहेछ भन्ने मान्यताका साथ राजधानी र प्रादेशिक राजधानी देखि टाढा रहेको बर्दिया जिल्लाको बाँसगढी न.पा.-६ दमाैली स्थित जनप्रिय मा.बि.को प्राङ्गणमा  एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
निजामती कर्मचारीहरूको अाधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले बाँसगढी नगरपालिका स्वास्थ शाखाको समन्वय मा मंसिर १३ गते १ दिने निशुल्क स्वास्थ्य शिबिर संचालन गरेको हो।  शिबिरबाट १ हजार ७८ जना स्थानिय बासिन्दाले प्रत्यक्ष सेवा लिएका छन्।   निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले  बाँसगढी नगरपालिका स्वास्थ शाखाको सहयोग तथा समन्वयमा  बाँसगढी ६ दमौली स्थित जनप्रिय माविको प्राङ्गणमा  बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। 
शिविरमा छाला तथा यौन, दन्त, हाडजोर्नीका बिरामीहरूले स्वस्थ परीक्षण गरी र निःशुल्क औषधि लिई शिविरबाट लाभ लिएको निजामती  कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समितिका जिल्ला उपाध्यक्ष दोर्ण राज शर्माले बताए। उपाध्यक्ष शर्माले सहयोगी हात, सहयोगी मन सबैलाई हार्दिक धन्यवाद दिएका छन्।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाका अध्यक्ष याम बहादुर खत्रीको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यकममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्य ढकाल, 
बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, बाँसगढी नगर प्रमुख शालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी,प्रमुख प्रशासकीय अधिकृत अम्मर राज खत्री लगायतले शिविरको पूर्ण सफलताको कामना गरेका थिए।
शिविरमा सुआहारा २ले राखेको  प्रदर्शनीबाट समेत सर्वसाधारणहरु के लाभ लिएको जिल्ला संयोजक रजनी चौधरीले बताइन्।  
कार्यकम इप्रका मोतिपुरले समुदाय प्रहरी सचेतनामुलक कार्यकम समेत गरेको प्रहरी निरीक्षक इन्द्रजित सुनार ले बताए। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न