झारफुकको नाममा जबरजस्ति करणी गर्न खोज्ने झाँक्रि पक्राऊ

लुम्बिनी पत्र। गुलरीया नगरपालीका .वडा नं.८ आशापुर स्थित बुढा खोलामा ऐ.वडा बस्ने बर्ष ५१ को जगतनाथ लोध पक्राउ परेका छन्। मंसिर १० गते राती ८ बजेको समयमा  पेट दुख्ने बिरामी भएकी आफ्नै छिमेकि महिलालाई झारफुक गर्ने बहानामा  गाँउकै बुढिया खोलामा लगी लोधले जबर्जस्ती गर्न खोजेको पिडीतको आरोप छ। तिम्रो श्रीमान यता आउन मिल्दैन भनि निज पिडितको श्रीमानलाई करीब आधा किलोमिटरको दुरीमा राखी  पिडितलाई  मात्र लगी केहीबेर झारफुक गरे जस्तो गरेको केही बेर पछी निजले आफ्नो लुगा समेत खोली  जबरजस्ति करणी गर्ने प्रयास गर्न थालेपछि पिडीत झाकृको पन्जाबाट फुत्केर स्थानबाट भागेकी थिइन्।  आफु बलात्कृत हुनबाट बचि तत्काल प्रहरीलाई खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डको प्रहरी टोलिले निज  पिडक झाक्री  जगतनाथ लोधलाई पक्राउ गरी यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न