बस्याल पुलिस अफ द मन्थ भए
लुम्बिनी पत्र । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी सहायक निरीक्षक सुनिल बस्याल कार्तिक महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन। कार्तिक ३० गते ५८ किलोग्राम लागू औषध चरेस सहित ५ जनालाई पक्राउ गर्न सफल भएका प्र स नि बस्याललाई बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले पुलिस अफ द मन्थ घोषणा गर्दै पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन्। प्रहरी उपरिक्षक बाँस्तोलाले बस्यालको कमाण्डमा खटिएका प्रहरी कर्मचारीहरु प्रहरी हवल्दार नन्दकिशोर बर्मा,प्रहरी जवान सिता खड्का र प्रहरी जवान बिरेन्द्र खत्रीलाई समेतलाई नगद पुरुस्कारबाट पुरस्कृत गरेका छन्। जिल्ला प्रहरी कार्यालय मातहतका प्रमुख हरुको समीक्षा बैठकमा बस्याल लगायत ४ जना प्रशंसित तथा पुरस्कृत भएका हुन्।

Comments
Post a Comment