मोतिपुर प्रहरीद्वारा सचेतनामुलक सामग्री वितरण
लुम्बिनी पत्र। समुदाय प्रहरी साझेदारी कार्यकम अन्तर्गत इलाका प्रहरी कार्यालय मोतिपुर ले बाँसगढी ६ मा सचेतनामुलक सामग्री वितरण गरिएको छ।
इलाका प्रहरी कार्यालय बाँसगढी का प्रहरी निरीक्षक इन्द्रजीत सुनार को नेतृत्व र प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सचेतनामुलक सामग्री वितरण गरिएको हो। जनप्रिय मावि दमौलीमा स्वास्थ परीक्षण गर्न आएका २०० जति सर्वसाधारणहरुलाई महिला हिंसा , लागू औषध र अपराध नियन्त्रण बारे जानकारी दिने सचेतनामुलक सामग्री वितरण गरिएको प्रहरी निरीक्षक सुनरले बताए।

Comments
Post a Comment