निजामती कर्मचारीद्वारा मंसिर १३ गते बाँसगढी दमौलीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

लुम्बिनी पत्र । आधिकारिक ट्रेड युनियनले मंसिर १३ गते भव्य र सभ्य निःशुल्क स्वास्थ शिविर आयोजना गर्ने भएको छ।  निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले  बाँसगढी नगरपालिका स्वास्थ शाखाको सहयोग तथा समन्वयमा  बाँसगढी ६ दमौली स्थित जनप्रिय माविको प्राङ्गणमा मंसिर  १३गते बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।  छाला तथा यौन, दन्त, हाडजोर्नीका बिरामीहरूको स्वस्थ परीक्षण हुने भएकाले शिविरबाट लाभ लिन  निजामती  कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समितिका जिल्ला उपाध्यक्ष दोर्ण राज शर्माले सबैमा अनुरोध गरेका छन्।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न