प्र.ना.उ.घले कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित



लुम्बिनी पत्र। ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जिल्ला प्रहरी कार्यालय गुल्मी दरबन्दीका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेलाई कदर स्वरूप २०७६ साल कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । नीति निर्देशन अनुरूप आफूलाई दिइएको जिम्मेवारी पूर्णरूपमा लगनशील तथा कर्तव्यनिष्ट भई पुरा गरेको, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभावकारी भूमिका निर्वाह गरेकाले घलेलाई कार्तिक  महिनामा प्रदेशको उत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी प्रमुख डि आई जी सुरेश विक्रम शाहले बताए। घलेले प्रहरी सर्वसाधारण नागरीकहरुलाई सुरक्षाको अनुभुति हुने गरी समाजमा शान्ति सुरक्षा कायम गरी संगठनको उदेश्य प्राप्त गर्ने कार्यमा आफू र मातहतका प्रहरी कर्मचारीहरुलाई प्रभावकारीरुपमा परिचालन गरेको सम्मान पत्रमा उल्लेख छ। आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने कार्य गरेको हुँदा घले पुलिस अफ द मन्थबाट सम्मानित भएका हुन्।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न