लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई अर्को ठूलो सफलता

लुम्बिनी पत्र                                                                                                                                      बर्दिया।  लागुऔषध नियन्त्रणमा बर्दिया प्रहरीलाई अर्को ठूलो सफलता प्राप्त भएको छ। ट्राफिक चेक जाँचका क्रममा कार्तिक ३० गते साँझ बर्दिया प्रहरीले गुलरिया बजारको भन्सार रोडमा चरेस बोकेर हिँडिरहेका  ५ जनालाई पक्राउ गरेको हो।  प्रहरीले उनीहरूबाट  २० लाख मूल्य बराबरको ५८ किलोग्राम चरेस बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक  लक्ष्मण ओलीले चरेस लुकाएर गुलरिया ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई टाँगा स्टेसन नजिकै पक्राउ गरिएको जानकारी दिए ।                                                 ५८ किलो चरेस सहित बर्दियामा पक्राउ पर्नेहरुमा  रोल्पा र रुकुम का ५ जना रहेको प्रहरी निरीक्षक लक्ष्मण ओलिको भनाइ छ।पक्राऊ पर्नेमा पूर्वी रुकुम का २६ वर्षीया अस्मिता रामजालीमगर,३४ वर्षीया ठानी मगर, २७ वर्षीया जूनतारा पुन, ३४ वर्षीय रामकुमार पुन र   रोल्पाका २९ खिम प्रसाद रोका रहेका छन्। पक्राऊ परेकाहरुबाट ५ थान मोबाइल सेट, ३२ हजार नगद समेत फेला परेको र उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न