मापदण्ड विपरित नदीजन्य पदार्थको उत्खनन तथा दोहन रोक्न अनुगमन

लुम्बिनी पत्र।मापदण्ड विपरित नदीजन्य पदार्थको जथाभावी उत्खनन तथा दोहन रोक्न बर्दियामा नियमित अनुगमन सुरु गरिएको छ। जिल्लास्थित सुरक्षा निकाय तथा सरोकारवालाहरुले अनुगमन शुरु गरेका हुन्। जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु,उपप्रमुख मान बहादुर विष्ट, प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, निमित्त जिल्ला वन अधिकृत सितेस महतो, लुम्बिनी पत्र दैनिकका प्रकाशक संपादक  यम घिमिरे, पत्रकार निर्मल घिमिरे लगायतको टोलीले बबई नदीमा पर्ने नदीजन्य पदार्थ उत्खनन हुने घाट हरुको अनुगमन गरेको हो।  टोलीले कुम्रहा, बनकटी, खैलारघाट को अनुगमन गरी ढुङ्गा, गिटी, बालुवा  नदीजन्य पदार्थको   उत्खनन तथा दोहनको अवस्था बारे अनुगमन गरी जानकारी लिएको हो  अनुगमन पछि लुम्बिनी पत्र सँग कुरा गर्दै प्रजिअ लामिछानेले मापदण्ड विपरित जाठभवि  ढुङ्गा , गिटी, बालुवा  उत्खनन , दोहन, ओसारपसार तथा विक्री वितरण गर्ने जोसुकैलाई कारवाही गर्ने चेतावनी दिए। नदीजन्य पदार्थ ढुवानी गर्ने  सवारी साधनमा प्रहरीले विशेष निगरानी बढाएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। नदीजन्य पदार्थको दोहन तथा उत्खननको नियमित अनुगमनमा स्थानीय तहले पनि चासो देखाउनु पर्ने जिल्ला समन्वय समिति प्रमुख शंकर थारुले बताए।  

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न