ढोढरी प्रहरीले पनि १६ दिने अभियान मनायो
लुम्बिनी पत्र । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा मनाउन बर्दिया प्रहरीले निकै सक्रियता देखाएको छ। बर्दिया का प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशन बमोजिम मातहतका इकाईहरु लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानलाई भव्य र सभ्य रूपमा मनाइरहेका छन्। अभियानको तेस्रो दिन मंसिर ११गते दिउसो १२ बजेको समयमा बर्दिया मधुवन न.पा.वडा ४मा रहेको ईलाका प्रहरी कार्यालय ढोढरीले आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक प्रदर्शन गरिएको छ। जनप्रतिनिधि , पार्टी प्रतिनिधि ,महिला स्वयसेवीका, शिक्षक ,बिधार्थी ,अभिभावक लगायतका विभिन्न मानिसहरुको उपस्थितिमा रेली, प्रवचन सम्पन्न गरिएको छ। हिंसा गर्न नहुने र यसको निराकरण गर्न आम नागरिक सचेत हुनु पर्छ भन्ने बिषयमा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय ढोढरीले जनाएको छ।

Comments
Post a Comment