भन्सार छली र तस्करी बिरुद्ध एस.पी. बास्तोला एकपछि अर्को एक्सनमा
लुम्बिनी पत्र। तस्करी बिरुद्ध शुन्य सहनशीलता को नीति अपनाउँदै आएका वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोला एकपछि अर्को गर्दै भन्सार छली र तस्करी बिरुद्ध एक्सनमा उत्रिएका छन् । लागू औषध सेवन तथा ओसापसार, मानव वेचविखन तथा तस्कर समाउने देखि यतिवेला उनि भन्सार छली गर्नेलाई आफ्नो निशाना बनाई उपलब्धी हासिल गर्न सफल देखिएका छन् ।
सोही अभियान अन्तर्गत वर्दिया प्रहरीले भन्सार छली ल्याइएका माछा पक्रन सफल भएको छ। बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशनमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले बर्दियाको मधुवन ३मा रहेको धनौरा नाका हुँदै भारतबाट भन्सार छली नेपाल भित्रराइएका क्वारेन्टाइन चेक जाँच नगरिएका मंगुर माछा भारीमात्रामा बरामद गरेको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।
भन्सार छली माछा, कुखुरा, तेल, खाद्यान्न, कपडा, मोटर पार्ट्स,मलखाद, बीऊ विजन लगायत समान मगाउने ब्यापारीहरुमाथि समेत आवश्यक रूपमा अनुसन्धान भइरहेको छ ।
नियमित भन्सार नतिरी भन्सार छलि अवैध रुपमा नेपालमा राखिएका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नियन्त्रणमा लिन भन्सार बुझाउने कार्यलाई समेत तीव्रता दिएको छ। प्रजिअ प्रेमलाल लामिछानेले समन्वयमा वर्दिया प्रहरीले मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन,ढुवानी,उत्पादन,बिक्री वितरण गर्ने सवारी,सवारीधनी,उद्योगी मा निगरानी बढाएको छ। जिल्ला प्रहरी प्रमुखको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी ले ट्राफिक चेक जांचमा कडाइ गर्दै २दिनमा ७ मोटर साइकल बरामद गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रनानि लोकेन्द्र मल्लले बताए। विभिन्न ब्यक्तिहरुको सेटिङ्गमा कम भन्सार तिरेर समान ल्याउनेहरु माथि विशेष निगरानी बढाइएको वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोलाले बताए।



Comments
Post a Comment