मिर्गौला रोग पीडितलाई सहयोग गरेर कांग्रेस नेता रेग्मीले जन्मदिन मनाए

लुम्बिनी पत्र । बर्दियाको गेरूवा ४  निवासी नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमल प्रसाद रेग्मीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन्।  जुझारु,कर्मठ,इमान्दार युवा नेतृत्व, युवा समाजसेवी कांग्रेस जिल्ला सदस्य रेग्मील जन्मदिनको उपलक्ष्यमा मिर्गौला रोगबाट पीडित एक व्यक्तिलाई सहयोग गरेका छन्। रेग्मीले दुवै मिर्गौला फेल भएर मिर्गौला रोगबाट पीडित गेरूवा ४  कै टेक बहादुर वि क लाई रु पाँच हजार पाँच सय पच्पन्न सहयोग गरेका छन्। बर्दियाको राजनैतिक,आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको रेग्मीको सो सहयोग सबैले प्रसंशा गरेका छन्।                                      अस्कल क्याम्पस  इकाई अध्यक्ष, नेविसंघ बर्दियाको अध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्य,पदमा रही राजनैतिक क्षेत्रमा निरन्तर क्रियाशील भई सामाजिक काम गर्दै आएका  रेग्मीलेआफ्नो जन्मदिनको अवसरमा काठमाडौंमा मिर्गौला रोगको उपचार गराइरहेका विपन्न  वि के लाई सहयोग गरिएको हो ।                                जन्मदिनमा हुने फजुल खर्चलाई यसरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको नेपाली कांग्रेस बर्दियाका महासमिति सदस्य तेज बहादुर भाटले बताए।                                              नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष प्राध्यापक  राजेन्द्र प्रसाद धिताल, जन्मदिनको अवसरमा फजुल खर्च नगरी गरीब, विपन्नलाई आर्थिक सहयोग गर्ने रेग्मीको कामबाट अरूले पनि प्रेरणा लिनु पर्ने बताए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न