युनिक नेपाल सम्मानित
लुम्बिनी पत्र । नेपाल सरकारबाट युनिक नेपाल सम्मानित भएको छ। बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गरेको सो संस्था सम्मानित भएको हो। आठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७६को उपलक्ष्यमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज बाट सम्मानित भएको हो। बाँकेका प्रजिअ कुमार बहादुर खड्का, आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले युनिक नेपालका अध्यक्ष प्रेम दहित लाई कदर पत्र प्रदान गरी सम्मान गरेका हुन्। । आर्थिक वर्ष २०७४ /०७५मा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कार्यक्षेत्र अन्तर्गत बर्दिया जिल्लाबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने राजापुर २को युनिक नेपाललाई सम्मान गरिएको कर विभागका महानिर्देशक विनोद बहादुर कुंवरले लुम्बिनी पत्र दैनिकलाई बताए। सम्मानले काममा थप हौसला थपेको युनिक नेपालका महासचिव महादेव थारुले बताए।

Comments
Post a Comment