मौरीले टोकेर ज्यान गयो
लुम्बिनी पत्र। बाँकेको खजुरा सिमलघारी निवासी ७० वर्षिय एक वृद्धाको मौरीले टोकेर बर्दियामा ज्यान गएको छ। आफन्त भेट्न बर्दिया गएको बेला बढैयाताल ४ नेरामावि स्कूल नजिक मौरीले टोकेर बोरु राम चौधरीको ज्यान गएको हो। बोरुरम सँगै गएका ६५ वर्षीय गया चौधरी भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। चिल ले जिसकाएको बिच्किएको मौरीको घानमा उनीहरू परेका थिए।माहुरीले टोकेर घाइते बढैयाताल ७ बस्ने बर्स ३३ कि धनमाया थारुको उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलिले बताए।

Comments
Post a Comment