हुलाकी सडक निर्माण कार्य राम्रो गतिमा

लुम्बिनी पत्र । प्रहरी प्रशासन, निर्माण व्यवसायी, मिडियाकर्मी सक्रियतामा हुलाकी सडक निर्माण कार्यले राम्रो गति लिएको छ । हुलाकी सडक आयोजना अन्तर्गत गणपति निर्माण सेवाले  जिम्मा लिएको १८ किलोमीटर मध्ये १६.५ किलोमीटर सडक निर्माण कार्य सम्पन्न भैसकेको छ।तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले २०७३ माघ ८ गते बर्दियामा शिलान्यास गरेको हुलाकी सडक कालोपत्रेको काम बर्दियामा अन्तिम चरणमा रहेको छ।                                                        तुलसीराम भण्डारी प्रोप्राइटर रहेको गणपति निर्माण सेवा मार्फत मधुवन ८ नम्बर चोकदेखि सुराजपुर मुर्तीहा सडकखण्ड को  काम गुणस्तरीय र तिब्र गतिमा भई रहेको छ। 
प्रजिअ प्रेमलाल लामिछाने , स्याङ्जाका प्रजिअ राम बहादुर कुरुम्बाङ, प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, सप्रउ यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान बर्दियाका प्रमुख योगेन्द्र  के सी, गुलरिया नगरप्रमुख मुक्तिनाथ यादव, प्रशासकीय अधिकृत रामचन्द्र पौडेल लगायत सरोकारवालाहरुले  नियमीत अनुगमनमा निर्माण कार्यले गति लिएको छ।
हुलाकी सडक निर्माण कार्यले आफूलाई  निकै गर्व लागेको र हुलाकी सडक निर्माण  मार्फत बर्दियाको समृद्धिको सपना साकार हुने गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले बताए।  ८ नम्बर - गुलरिया -मुर्तीहा-सुरजपुर  सडक खण्डको सडक कालोपत्रे तिब्र गतिमा भइरहेको छ।             
हुलाकी सडक आयोजना अन्तर्गत गणपति निर्माण सेवाले  जिम्मा लिएको १८ किलोमीटर मध्ये १६.५ किलोमीटर सडक निर्माण कार्य सम्पन्न गरिसकेको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।
बर्दियाका तत्कालीन प्रजिअ राम बहादुर कुरुम्बाङको  निर्देशनमा हुलाकी सडक निर्माण कार्यले गुलरियामा भाद्र २० गतेबाट गति लिएको हो।                        गुलरियामा निर्माणधीन हुलाकी सडकको नियमित स्वनिगरानी तथा अनुगमन जारी राखेको समाजसेवी, शालीन व्यक्तित्व निर्माण व्यवसायी गणपति निर्माण सेवा कम्पनीका प्रबन्ध निर्देशक तुलसीराम भण्डारीले बताए। 
हुलाकी सडक आयोजनाले हुलाकी सडकको म्याद थप्ने र वेरीएसन अडर गर्ने काम यसै साता पूरा गर्ने जनाउँदै निर्माण कार्य जारी राख्न निर्माण कम्पनीलाई अनुरोध गरेको छ। 
हुलाकी सडक निर्माण कार्य तीब्र गतिमा भएका कारण स्थानीय अत्यन्तै हर्षित सडक अतिक्रमण गरी बनाएका हुँदै आफ्नो घर टहरा हटाउने काम पनि पूरा गरी सकेका छन्।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न