१२ मेडिकल कलेजमा छानबिन सुरु

लुम्बिनी पत्र। बिद्यार्थी अध्यापनको नाममा करोडौं असुली गरि भ्रष्टाचार गरेको आरोपमा सम्पति शुद्धिकरण अनुसन्धान विभागले १२ वटा मेडिकल कलेजमा छानबीन प्रक्रिया अगाढी बढाएको छ ।              विभागले नेपालगञ्ज मेडिकल, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्स, गण्डकी मेडिकल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, किस्ट मेडिकल कलेज, विराट मेडिकल कलेज, शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्समा कारबाही प्रक्रिया  अघि बढाएको हो ।  छानवीनमा असहयोग गर्ने मेडिकल कलेजमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएर कलेजका आवश्यक डकुमेन्ट राखिएको प्रशासनिक भवनमा ताला लगाएर सिल गरिएको छ ।
सम्पति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धानको क्रममा बीरगञ्ज स्थित नेशनल मेडिकल कलेज, बिराटनगरको नोवेल मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेजमा आईतबार ति कलेजका प्रशासनिक कार्यालयमा बिधिवत रुपमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएर ति प्रशासनिक कार्यकक्षमा सिलबन्दी गरिएको बिभागले आफनो प्रेस नोटमा जनाएको छ ।
मेडिकल साइन्स अध्यापनको नाममा बिद्यार्थीबाट मनपरि करोडौं असुली गर्ने कार्य मेडिकल कलेजहरुले जारि रहेको भन्दै बिद्यार्थीहरुे चितवनमा साता ब्यापी आन्दोल गर्दै आएका थिए ।
सरकारले पनि मेडिकल कलेजहरुलाई शुल्क निर्धारणको लागि मापदण्ड तोकी कार्यनवयन गर्न मेडिकल कलेजहरुलाई आग्रह गर्दै आएको थियो ।
मेडिकल कलेजहरुले कागजात मिलाएर बाहिरि रुपमा मनपरि असुली गर्ने कार्य जारि राखेकाले मेडिकल कलेज संग सम्वन्धीत ब्यक्ती तथा संस्थाहरुमा सम्पति सुद्धिकरण बिभागले ३/३ जनाको छानबीन टोली बनाएर सम्वन्धीत जिल्ला प्रशासन र प्रहरीसंग समन्वय गरि छानबीन गर्ने कार्य शुक्रबार देखि नै गरिरहेकोमा असहयोग गर्ने मेडिकल कलेजमा आईतबार छापा मारेर आवश्यक ब्यक्ती तथा कागजात नियन्त्रणमा लिने कार्य अगाढी बढाएको हो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न