दुर्व्यसनी सुधार गृहको अनुगमन
लुम्बिनी पत्र। जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले बर्दियाको मधुवनमा लागू औषध दुर्व्यसनी सुधार गृहको अनुगमन गरेका छन्। प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ, बास्तोलासशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धानका उपनुसंधन अधिकृत योगेन्द्र के सी, मधुवन नगरप्रमुख गणेश बहादुर क्षेत्री, उपप्रमुख शुभ रानी थारु लगायतले मधुवन ६ कुसुम्बा बजारमा रहेको सो सुधार गृह स्थापना गरिएको संघर्ष उपकार सुधार गृहको अनुगमन गरे। अनुगमनको कर्ममा प्रजिअ लामिछानेले मापदण्डमा बमोजिम सुधार गृह सञ्चालन गर्न निर्देशन दिएका छन्। लागू औषध सेवानकर्तहरूहरुलाई दुर्व्यसन बाट मुक्त गरी शुद्ध जीवन यापन गर्न सघाउ पुर्याउने उद्देश्यले बर्दियामा संघर्ष उपकार सुधार गृह स्थापना गरिएको अध्यक्ष मेक बहादुर गुरुङले प्रजिअलाई बताए। सगुन थापा,शम्भु द्विवेदी,राजन गुरुङसँदेश सुवेदी संपर्क व्यक्ति रहेको सो सुधार गृहमा १७ जना दुर्व्यसनी लाई सुधारका लागि राखिएको संस्थाले जनाएको छ।

Comments
Post a Comment