उपसभामुखले महायज्ञमा दान गरिन , चौथो दिन सम्म १ करोड संकलन


लुम्बिनी पत्र                                            राजापुर। ५ नम्बर प्रदेश सभाका  उपसभामुख कृष्णी थारुले राजापुर ८मा रहेको एक विद्यालयलाई  ५०हजार १ सय ११ रुपियाँ सहयोग प्रदान गरेकी छिन्। राजापुर नगरपालिका वाड नं. ८ भेरी माविमा ३ वर्षिय सिभिल ओभरसियर प्राविधिक शिक्षा सञ्चालनका लागि मंसिर १गतेबाट धोबिनपुरमा आयोजना गरिएको शैक्षिक,धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञमा उनले सो सहयोग हस्तान्तरण गरेकी हुन्।                                        ३ बर्षे सिभिल ओभरसियर सन्चालनार्थ भेरी मा. वि. धोबिपुरलाई रु ५०,१११ व्यक्तिगत दान दिएकी हुन। चरम गरिबीका कारणले गर्दा सानो हुदा अर्काको घरमा कमैया बस्नु परेको कारणले आफुले पढ्न नपाएको उनले स्मरण गरिन।  प्राविधिक शिक्षा पढ्ने चाहना हुदा हुदै पनि आर्थिक अभावका कारणले गर्दा बाहिर गई महङ्गो शुल्क तिरी पढ्न नसक्ने बालबालिकाका निम्ति सहयोग पुगोस् भनेर आफुले पाउने पारिश्रमिकबाट सानो सहयोग गरेको उनको भनाइ छ। अध्ययन गर्नका लागि उमेरले नछेक्ने र अहिले आफु पनि अध्ययन गरिरहेको उनको भनाइ छ।प्रतिनिधी सभा सदस्य सन्त कुमार थारुले  बिगत देखीनै राज्यवाट पछी पारिएको भौरा टप्पामा प्राविधिक शिक्षालय स्थापना हुनु आफैमा गौरवको विषय भएको बताए।  उनले प्राविधिक शिक्षा अध्ययनका लागि यस क्षेत्रका बालबालिकाहरु बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागी आफुले पनि यस प्राविधिक शिक्षा संचालनका लागि २५ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छन्।

उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश ५ का उपसभामुख कृष्नी थारु, प्रदेश सांसद दिपेश थारु, राजापुर नगर प्रमुख शिव प्रसाद चौधरी ले १५ /१५ लाख सहयोग गर्ने प्रतिवद्धता गरेका थिए।            धोबिनपुरमा जारी शैक्षिक,धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञमा चौथो दिन सम्म झण्डै १ करोड  बराबर नगद संकलन भएको आयोजक समितिका संयोजक वडा अध्यक्ष चिन्तामणि आचार्यले बताए।  महायज्ञ लाई बर्दिया जिल्ला क्षेत्र नं २  प्रतिनिधी सभा सदस्य सन्तकुमार थारुले उद्घाटन गरेका थिए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न