क्वारेन्टाइन र भन्सार नगरी माछा भित्राउने लाई कारवाही शुरू

लुम्बिनी पत्र । मधुवन ३ धानौराका ४२ वर्षीय जुग्राम थारु , ४० वर्षीय लाल्टुरम थारुले क्वारेन्टाइन र भन्सार नगराई  भारतबाट धनौरा हुँदै नेपाल भित्राएका बैखा र माँगुर जातका ६० किलो माछा  नष्ट गरिएको छ। भारत बाट अवैध रूपमा नेपाल भित्रिएको सो माछा जिल्ला प्रहरी कार्यालय वर्दियाले जनप्रतिनिधि र पत्रकारको रोहबरमा नष्ट गरेको हो । क्वारेन्टाइन र भन्सार नगराई भारतबाट  अवैध रूपमा माछा  भित्राएका थारुद्वयलाइ जिल्ला प्रहरी कार्यालयको  हिरासतमा राखी  अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए।
तस्करी बिरुद्ध शुन्य सहनशीलताको नीति अपनाउँदै आएका वर्दिया प्रहरी प्रमुख राजेश नाथ बास्तोला एकपछि अर्को गर्दै भन्सार छली र तस्करी बिरुद्ध एक्सनमा उत्रिएका छन् । लागू औषध सेवन तथा ओसापसार, मानव वेचविखन तथा तस्कर समाउने देखि यतिवेला उनि भन्सार छली गर्नेलाई आफ्नो निशाना बनाई उपलब्धी हासिल गर्न सफल देखिएका छन् । सोही अभियान अन्तर्गत वर्दिया प्रहरीले भन्सार छली ल्याइएका माछा पक्रन सफल भएको छ। बर्दियाका  प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको निर्देशनमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले बर्दियाका धनौरा नाका हुँदै भारत बाट भन्सार छली  नेपाल भित्रराइएका क्वारेन्टाइन चेक जाँच नगरिएका मंगुर माछा बरामद गरेको थियो 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न