निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या सच्याउनु पर्छ: मन्त्री त्रिपाठी
लुम्बिनी पत्र । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका छन्।
उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए।
मन्त्रालयमा कार्यभार सम्हालेपछिको पहिलो सम्बोधनका क्रममा त्रिपाठीले व्यक्तिपिच्छे कार्यशैली फरक हुने भन्दै आफ्नो कार्यशैली फरक रहेको बताए ।
स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता रहेको समेत उनले औंल्याए ।
मन्त्री त्रिपाठीले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए।

Comments
Post a Comment