१६ दिने अभियान मा समुदाय सचेतना गर्दै जिल्ला प्रहरी बर्दिया

लुम्बिनी पत्र।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दिया,सामुदायीक सेवा केन्द्र, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा सो कार्यकम भएको हो।
गुलरिया  वडा न.४ का वडा अध्यक्ष राम बहादुर रावलको अध्यक्ष्यता,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत शिला शाहको प्रमुख आतिथ्य,ओरेक नेपाल बर्दिया की प्रमुख सपना शर्माको उपस्थितिमा सो कार्यकम सम्पन्न भएको हो।
जिल्ला बर्दिया गु.न.पा.०५ मा रहेको ध्रुव मा.वि.को प्राङ्गणमा महिला,पुरुष गरी १०० जनालाई जि.प्र.का.बर्दियाका प्र.नि.लक्ष्मण ओलीले लैङ्गिक हिंसा सम्बन्धी सचेतना दिए। कार्यकम जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र.ना.नि.लोकेन्द्र बहादुर मल्लले सडकको सही प्रयोग गर्ने तरिका सम्बन्धित बिषयहरुमा प्रशिक्षण गरेको प्र स नि सरस्वती पौडेलले बताइन्।
x

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न