निःशुल्क स्वास्थ्य शिविर सुरु
लुम्बिनी पत्र । बाँसगढी ६ दमौलीमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले मंसिर १३ गते भव्य र सभ्य रूपमा निःशुल्क स्वास्थ शिविर आयोजना सुरू गरेको हो। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाले बाँसगढी नगरपालिका स्वास्थ शाखाको सहयोग तथा समन्वयमा बाँसगढी ६ दमौली स्थित जनप्रिय माविको प्राङ्गणमा बिहान ८ बजे देखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। छाला तथा यौन, दन्त, हाडजोर्नीका बिरामीहरूको स्वस्थ परीक्षण हुने भएकाले शिविरबाट लाभ लिन निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समितिका जिल्ला उपाध्यक्ष दोर्ण राज शर्माले बताए।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिति बर्दियाका अध्यक्ष याम बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यकममा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष पुण्य ढकाल, बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, बाँसगढी नगर प्रमुख शालिकराम अधिकारी, उपप्रमुख सुष्मा चौधरी,प्रमुख प्रशासकीय अधिकृत अम्मर राज खत्री लगायतले शिविरको पूर्ण सफलताको कामना गरेकाे उपाध्यक्ष शर्माले बताए।
शिविरमा सुआहारा २ले पोषण बारे जानकारी दिने प्रदर्शनी राखेको जिल्ला संयोजक रजनी चौधरी ले बताइन्।
कार्यकम इप्रका मोतिपुरले समुदाय प्रहरी सचेतनामुलक कार्यकम गरेको प्रहरी निरीक्षक इन्द्रजित सुनार ले बताए। शिविरमा ३ सय जनाको निःशुल्क स्वास्थ जांच हुनुका साथै निःशुल्क औषधि समेत वितरण हुने छ।

Comments
Post a Comment