मधुवन अन्तर विद्यालय तेश्रो मेयर कप सम्पन्न


लुम्बिनी पत्र। मधुवन नगरपालिकाको आयोजना र गुराँस मा. वि. सानोश्री को  सह आयोजनामा विद्यालय अन्तर तेश्रो मेयर कप तथा १२ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको खेलाडी छनौट कर्यक्रमको समापन भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ सो कार्यकम मंसिर २६ गते सुरु भई पौष २ गते सम्पन्न भएको हो । मधुवन नगरप्रमुख गणेश बहादुर क्षेत्रीकाे अध्यक्षता र प्रतिनिधी सभा सदस्य विमला बि क को प्रमुख आतिथ्यमा सो कार्यकम भएको हो।समापन कार्यकममा प्रजिअ प्रेम लाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, राष्ट्रिय अनुसन्धान उपनिर्देशक योगेन्द्र के सी लगायतको उपस्थिती थियो कार्यकमलाई सम्बोधन गर्दै मधुवन नगर प्रमुख गणेश बहादुर केसीले शिक्षा, स्वास्थ्य र रोजगारी तथा उत्पादनमूलक क्षेत्रलाई आफूले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्दता जनाए। खेलकुदको बिकासका लागि विद्यालय तहबाट नै सुरुवात गर्नुपर्ने बताउदै  खेलको बिकास गर्नको लागि पाठ्यक्रम नै निर्माण गरेर विद्यालयहरु अघि बढ्नु पर्ने बताए।प्रजिअ प्रेमलाल लामिछानेले मेयर कप तथा १२ औं राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको खेलाडी छनौट कर्यक्रमले मधुवनका विद्यार्थीहरुमा गतिशिलता, अनुशासन, सिर्जनशीलता, बौद्धिकताको बिकास गरेको बताए। संघीय सांसद विमला बि क ले  मधुवन नगरको  पहिचान र समृद्धितर्फ  माध्यम खेलकुद रहेको बताइन।कार्यक्रममा संघीय सांसद विमला बिकले खेल क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै अहिले स्थानीय तहदेखि केन्द्रसम्म खेल क्षेत्रको बिकासका लागि कार्यक्रमहरु भइरहेको बताइन्।   बिगतका बर्षहरुमा शिक्षासंगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर अगाडि बढेको मधुवन नगरपालिकाले खेलकुदका बिभिन्न गतिविधि पनि गर्दै आएको छ । मंसिर २६ गतेबाट सुरुभएको मेयर कप प्रतियोगिता पुस २ गते समापन भएको छ। कार्यक्रममा मधुवन नगरपालिकाका २८ वटा सामुदायिक तथा संस्थागत विद्यालय प्रतियोगितामा भाग लिएक थिए र प्रतियोगितामा फुटबल,भलीबल,एथलेटिक्स गरी १९ खेल सामेल रहेको थियो।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न