१६दिने अभियानमा बर्दिया प्रहरी द्वारा १५५ वटा सचेतनामुलक कार्यक्रम संचालन

लुम्बिनी पत्र।समुदाय-प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय बर्दियाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई विशेष कार्यक्रमको रुपमा मनाएको छ। अभियान सुरु भएको दिन २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म  ८ वटा स्थानिय तहका सबै वडाभित्र हिंसाबाट पिडित समुहलाई लक्षित गरी बर्दिया प्रहरीले १५५ वटा सचेतनामुलक कार्यक्रम संचालन गरेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। जिल्लाका ८ स्थानीय तहका ७५ वटै वडामा लैङ्गिक हिंसा,मानव बेचबिखन,लागू औषध, बाल विवाह नियन्त्रण बारे प्रहरीको नेतृत्वमा सचेतनामुलक कार्यकम भएको बास्तोलाको भनाइ छ। अभियान समापनको दिन मंसिर २४ गते  बिहान ८:३० बजे जिल्ला प्रहरी कार्यालय बर्दिया, राजापुर नगरपालिका, महिला विकास शाखा अन्य सरोकारवाला संस्थाहरुको ब्यापक सहभागितामा  राजापुर बजारमा प्रभातफेरी निकालिएको छ।प्रभातफेरी पछि राजापुर नगर उप प्रमुख मनकला चौधरीको अध्यक्षता र प्रजिअ प्रेमलाल लामिछानेको प्रमुख आतिथ्यता, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाको विशेष आतिथ्यता मा अन्तर्क्रिया कार्यकम गरिएको छ।  समानताको पुस्ता, बलात्कार बिरुद्ध एकेबद्धता” भन्ने मुल नाराका साथ गरिएको अन्तर्क्रियामके नगरपालिकाका लेखा अधिकृत वसन्त मल्ल, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक मित्र बहादुर आचार्य , महिला विकास शाखा प्रमुख प्रतिभा महतरा लगायतले धारणा राखेका थिए। कर्यकममा ओरेक नेपाल ,बाँके युनेस्को क्लब,बि ग्रुप,सुआहारा, कमैया महिला जागरण समाज संस्थाका प्रतिनिधि, महिला तथा बालबालिका शाखाका प्रतिनिधि,  जनप्रतिनिधिहरु, स्थानिय भद्रभलादमी, बुद्धिजिवि, पत्रकार, समाजसेवी, स्वयसेविकाहरु, बिद्यार्थी गरी जम्मा १६० जनाको सहभागिता रहेको थियो।   अन्तरक्रिया कार्यकममा सहभागी सबैले राजापुर नगर तथा सिंगो बर्दिया जिल्ला लाई लैङ्गिक हिंसा,मानव बेचबिखन,लागू औषध, बाल विवाह मुक्त बनाउन आ आफ्नो ठाउँबाट सहयोग पुर्याउने र नेपाल प्रहरीले सञ्चालन गरेको अभियानमा समेत सहयोग पुर्याउने प्रतिवद्वता गरे ।  

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न