सशस्त्र प्रहरी बर्दियाले लागूपदार्थ दुर्व्यसन तथा सीमा अपराध नियन्त्र तथा सीमा सुरक्षा सम्बन्धी सचेतना अभियान सुरु गर्यो


लुम्बिनी पत्र । शान्ति, सुरक्षा र प्रतिवद्धता मूल नारा लिएको सशस्त्र प्रहरी बल नेपालले वर्दियामा सचेतामुलक अभियान सुरु गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेड क्वार्टर बर्दियाले लागूपदार्थ दुर्व्यसन तथा सीमा अपराध नियन्त्र तथा सीमा सुरक्षा सम्बन्धी सचेतना अभियान सुरु गरेको हो। बोर्डर आउट रिच प्रोग्राम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेड क्वार्टरले  बर्दियाको बढैयाताल १ जमुनी फुटाहाबाट सो अभियान सुरु गरेको सुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले जानकारी दिए। प्रजिअ प्रेमलाल लामिछाने, बढैया ताल गाउँपालिका का अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष दीपा गौतम,  दीप ज्योति माविका प्रधानाध्यापक विश्व नाथ प्रसाद यादवले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ हेड क्वार्टर बर्दियाले लागूपदार्थ दुर्व्यसन तथा सीमा अपराध नियन्त्र र सीमा सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको र अभियानले सो कार्यमा अझ बढी सफलता मिल्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक प्रकृतिको सुरक्षा निकाय हो। नेपाल सरकारले नेपाली सेना र नेपाल प्रहरीका विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ती नेपाली सेनाबाट र केही जनशक्ती नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल विक्रम सम्बत २०५७ सालमा गठन गरिएको थियो। सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम गर्दै आएको छ। सशस्त्र प्रहरी बल नम्बर ३१ गण सुरजपुर गुलरियाले गुलरिया भन्सार, राजापुर भन्सार, मान खोला , जमुनी, सानोश्री, प्रगति बजार, कतर्निया बजार लगायतका ठाउँमा सीमा सुरक्षाका लागि पोष्ट स्थापना गरेको छ । ‘हामीले दैनिकरुपमा सीमामा गस्ती गरिरहेका छौं’, गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले   भने, ‘सीमा स्तम्भहरुको अवस्था नियमित रुपमा अवलोकन गर्दै आएका छौं ।’
सीमामा दुई देशका सीमा सुरक्षाकर्मीको संयुक्त गस्तीसमेत बेलाबेला हुन्छ । कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेको सशस्त्र उनको भनाइ छ । ‘सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पार्टस्मा छलफलसमेत हुने गरेको छ,’ प्रहरी उपरीक्षक बि क ले भने, ‘प्रत्येक साता र आवश्यकता अनुसार नियमित पनि संयुक्त गस्ती हुने गरेको छ ।’ आवश्यकताभन्दा कम जनशक्तिका बावजूद ६ वटा युनिटबाट ८० किलोमिटर हेर्नुपर्छ,’ प्रहरी उपरीक्षक बि क ले भने ।नेपाल तर्फ सीमा नाकामा सशस्त्र प्रहरी बल नेपाल तैनाथ छ । सशस्त्र प्रहरी पोष्ट १३ देखि करिब २० किलोमिटरको फरकमा स्थापना गरिएको छ । सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छन् ।   बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ। ८० किलोमिटर बर्दिया खण्ड रहेको छ ।  
नापी विभागको रेकर्ड अनुसार ४२ नम्बरको सीमा स्तम्भ मानखोलादेखि ९८ नम्बरको सीमा स्तम्भ कर्णाली नदीसम्म बर्दिया खण्ड हो । 
उता भारतले भने शसस्त्र सीमा बल (एसएसबी)लाई करिब ५ किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । भारतीय सीमा सुरक्षा बल (एसएबसी)ले प्रत्येक १/२ किलोमिटरमा  गस्ती गरिरहेको दशगजामा देख्न सकिन्छ ।बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले सीमामा सशस्त्र प्रहरीले नियमित गस्ती गरिरहेको बताए।
सशस्त्रले सीमा सुरक्षासँगै अर्काे युनिटले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार बलका रुपमा पनि जिल्लामा परिचालित छ ।



Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न