युवा समाजसेवी सन्तोष अर्याल (नेत्र) द्वारा खेलकुद सामग्री सहयोग

लुम्बिनी पत्र । जय जग्दम्बें हाउसका प्रोप्राइटर, नेपाल वन पैदावार व्यवसायी संघ बर्दियाका महासचिव युवा समाजसेवी सन्तोष अर्याल (नेत्र) ले खेलाडीहरूको उत्साह बढाउन खेलकुद सामग्री सहयोग गरेका छन्।  खेलकुद, औषधि विज्ञान, स्वास्थ्य,वन तथा वातावरण संरक्षणमा चासो राख्दै आएका बर्दियाका युवा समासेवि अर्यालले विभिन्न क्लबमा आबद्ध खेलाडी हरुलाई  खेलाडीहरूलाई सामग्री वितरण गरेका हुन् ।
अर्यालले मधुवन ४ मा रहेको बर्दिया युवा स्पोर्ट्स क्लब मौवा, मधुवन २मा रहेको सगुन युवा क्लब बंगालिपुर  , चुरे जनजागृति युवा क्लब ठाकुर बाबा ५ बनबीरपुरमा आबद्ध ५१ जना खेलाडीहरूलाई फुटबल,भलीबल, जूता, नेट लगायतका खेलकुद सामग्री वितरण गरेका हुन् ।  जतिसुकै उतार चढावमा धैर्यता र लगाव नगुमाएमा सफलता अवस्य हात पार्ने मान्यता बोकेका अर्यालको समाजसेवाको काम आती प्रसंसनीय रहेको वडा अधक्ष्य बिन्ती राम थारुले बताए । 
 बर्दियाको ठाकुर बाबा ९ हातिसारमा जन्मी   हाल नेपालगञ्जको कारकादोमा बस्दै आएका अर्यालले विगत ५ वर्षदेखि नै  क्लबहरु लाई खेलकुद सामग्री वितरण गर्दै आइरहेका छन।   समाजसेवामा सदैव रुचि राख्ने अर्यालले चाँडै नै निःशुल्क स्वास्थ्य शिविर राख्ने  योजना बनाएका छन् ।  खेलाडीहरूको उत्साह बढाउन खेलकुद सामग्री सहयोग गरेको अर्यालले बताए ।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न