वर्दियामा प्रजिअ सहितले बजार सफाई गरे
लुम्बिनी पत्र। भिजिट नेपाल २०२० र बाँसगढी नगरपालिकालाई २०७७/७८ भित्र पूर्ण सरसफाई युक्त नगर बनाउने लक्ष्यका साथ बर्दियाको बाँसगढी बजार सरसफाई गरिएको छ। युन हेभिटेटको सहयोग, आइडी इस नेपाल र मायुस बर्दियाको सहजीकरण र बाँसगढी नगरपालिका र उद्योग वाणिज्य संघको आयोजनामा बजार सरसफाई गरिएको हो। क्लिन बाँसगढी, ग्रीन बाँसगढी र सफा घर, स्वस्थ परिवार, सुन्दर ,समृद्ध गाउँ सहर बर्दियाको आफ्नै छ रहर भन्ने मूल नाराका साथ बाँसगढी बजार सरसफाइ गरिएको हो।बर्दियाका प्रजिअ प्रेमलाल लामिछाने,प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, बाँसगढी नगरप्रमुख शालिकराम अधिकारी, उप प्रमुख सुष्मा चौधरी, इलाका प्रहरी कार्यालय बाँसगढी का प्रहरी निरीक्षक इन्द्रजीत सुनुवार, उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारु, आई डी एस नेपालका कार्यकम संयोजक तारा बहादुर खाती, पालिका संयोजक अन्जु थापा, सामाजिक परिचालक कलावती चौधरी , युवा सञ्जालका अध्यक्ष समाजसेवी एकनारायण अधिकारी लगायतले झाडु लगाएर र फोहर टिपेर बजार सफा गरेका हुन् । अभियानमा बाँसगढी नगरपालिका नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका सदस्यहरू, उद्योग व्यवसायीहरु, स्थानियवासी,राष्ट्रसेवक समेतको सहभागिता रहेको थियो।

Comments
Post a Comment