शैक्षिक, धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ२०७६
लुम्बिनी पत्र । राजापुर १ मा रहेको कालिका माविमा ३ वर्षे सर्वेक्षक र १८ महीने अमिन प्राविधिक शिक्षा स्थापनार्थ शैक्षिक, धार्मिक महोत्सव तथा धनधान्यान्चल ज्ञान महायज्ञ२०७६ सुरु भएको छ। कालिका माध्यमिक विद्यालय चनौरामा सो धार्मिक महोत्सव तथा धन धन्यन्चल महायज्ञ सुरु भएको हो। मंसिर ९ गते सम्म चल्ने महायज्ञको प्रतिनिधी सभा सदस्य सन्त कुमार थारुले उद्घाटन गरेका हुन। शैक्षिक, धार्मिक महोत्सव तथा धन धन्यान्चल ज्ञान महायज्ञ२०७६ मूल समारोह समितिका संयोजक खुसीराम थारुको अध्यक्षतामा भएको कार्क्रममा प्रदेश सभा सदस्य राजेश थारु, राजापुर नगर प्रमुख शिव प्रसाद चौधरी, कांग्रेस नेता नाचुराम थारु, राजापुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण रेग्मीले महायज्ञ ले कालिका माविको शैक्षिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Comments
Post a Comment