तरुण नेता विकास के सीले १० हजार रकम सहयोग गरे

लुम्बिनी पत्र।  ठाकुरबाबा नगरपालिका ६ का नेपाल तरुण दलका सदस्यले आफ्नो जन्मदिनको अवसरमा खर्च हुने रकम बचाएर दुर्घटनामा परेका दिपेस चौधरीलाई सहयोग गरेका छन्।
ठाकुरबाबा नगरपालिका ६ का बब काजि भनेर चिनिने बिकास केसिले आफ्नो जन्मदिनको अवसरमा ठाकुरबाबा नगरपालिका ६ कै १९ बर्षका दिपेस चौधरीलाई नगद १० हजार रकम सहयोग गरेका हुन् ।
६ महिना अगाडि सुर्खेतमा बाईक दुर्घटना भएर स्पाइनर कडको समस्याले ग्रसित चौधरीलाई उपचारमा थप केहि सहयोग मिलोस भनेर नगद १० हजार रकम सहयोग गरेको ठाकुरबाबा नगरपालिका ६ का बिकास केसिले बताए ।
जन्मदिनको अवसरमा आफन्त साथिभाई संग मिलेर गरिने फजुल खर्चलाई नियन्त्रण गरि दुखि गरिबलाई सहयोग गर्नु राम्रो काम भएको स्थानिय रिता खड्का ले बताइन्।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न