पूर्व राष्ट्रपती रामवरण यादवले बर्दिया निकुञ्जमा जंगल सफारी गरे

लुम्बिनी पत्र । नेपालका पूर्व राष्ट्रपती  रामवरण यादवले मंसिर १९गते बिहानै बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेका छन्।  पूर्व राष्ट्रपति यादवले निकुञ्जका वन्यजन्तुको अवलोकन गरेका छन् । पूर्व राष्ट्रपतिले जिप मार्फत २ घण्टा र पैदल१ घण्टा  जंगलमाा पैदलयात्रा गरे । पैदल यात्राका क्रममा पूर्व राष्ट्रपतिले पैदल बाघ संरक्षणका लागि बाघको गतिविधि ट्रापिङ गर्दै आएको क्यामरा अवलोकन गरे ।
बिहान ८देखि ११ बजे सम्म, वन्यजन्तु उद्दार गृह, बाघ मचान, बागौरा फाटा, लम्कौली फाँटामा घाँसे मैदान भ्यू टावर, सोलारबाट पानी तानेको समेत अवलोकन गरे। राष्ट्रपतिलाई संघिय सांसद सञ्जय कुमार गौतम, प्रमुख संरक्षण अधिकृत अण नाथ बराल, शिव दल गण  सहसेनानीहरु, स्नियर गेम स्काउट मातृका रिजालले निकुञ्ज अवलोकन गराएका थिए।  प्रकृति, पर्यावरण, चुरे, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्ने पूर्व राष्टपतिले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिएको प्रमुख संरक्षण अधिकृत बरालले बताए।  मंसिर १८ साँझ बर्दिया आएका पूर्व राष्ट्रपतिले गुलरिया २ मा रहेको कृष्णसार संरक्षण क्षेत्र र मधुवन ३मा रहेको खाता जैविक मार्गको अवलोकन समेत  गरेका थिए। राष्ट्रपति यादव मंसिर १८गते निकुञ्जको सुरक्षार्थ खटिएको शिवदल गणको अतिथि गृहमा बास बसेका थिए।

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न