मनोमानी ढंगमा व्याजदर नबढाउन बर्दिया प्रहरी प्रशासनको निर्देशन

लुम्बिनी पत्र। बैंक,वित्तीय संस्था तथा सहकारीहरुले मनोमानी ढंगमा व्याजदर बढाउने गरेको गुनासो चौतर्फी उठिरहेका बेला बर्दिया प्रहरी प्रशासनले बैंक तथा वित्तीय संस्थाको काम कारबाही बारे चासो लिएको छ। प्रजिअ प्रेम लाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले जिल्ला भरमा कृयासिल बैंक, सहकारी,वित्तीय संस्थाका प्रबंधक,व्यवस्थापक,सञ्चालकहरुलाई बोलाएर मनोमानी किसिमले ब्याज नलिन, पारदर्शी र नियम बमोजिम ऋण प्रवाह गर्न, ऋण लिन चाहनेलाई छिटो छरितो ऋण प्रवाह गर्न निर्देशन दिएका छन। समुदाय प्रहरी साझेदारी अन्तर्गत प्रजिअ लामिछाने र प्रहरी उपरीक्षक बास्तोलाले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन २०७५ मा संशोधन गरी राष्ट्र बैंकले एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने प्रावधान बारे स्मरण गराए। बैंकले ग्राहकसँगको सहमतिमा स्थिर ब्याज दर राख्नु पर्ने हुन्छ प्रजिअ लामिछाने ले स्थिर ब्याजदर तोकिएको अवस्थामा ऋण अवधिभर बैंकको ब्याजदर परिवर्तन भएपनि सहमति गरेका ऋणीको ब्याजदर परिवर्तन गर्न नपाइने बताए ।
राष्ट्र बैंकले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएको आवधिक प्रकृतिको कर्जाको लागि तोकिएको अवधिभर ब्याजदर परिवर्तन नहुने गरी ऋणी संगको सहमतिमा स्थिर ब्याजदर तोक्न सकिने व्यवस्था गरेको प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला ले बताए।
Comments
Post a Comment