चिसो बचाउन गुलरियामा कम्बल बितरण

लुम्बिनी पत्र। अत्याधिक चिसो बढ्दै गएपछि गुलरिया नगरपालिकाका वडा नम्बर १० थारु पर्सियाका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा नेपाल रेडक्रस सोसाइटी शाखा बर्दियाको सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रजिअ प्रेमलाल लामिछाने,गुलरिया  नगरपालिकाका मेयर मुक्तिनाथ यादव, सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्मा, प्रहरी निरीक्षक नर बहादुर खड्का, रेडक्रस सभापति कृष्ण गौतम,  वडा अध्यक्ष विरेन्द्र चौधरी,निरज शर्मा, प्राविधिक अर्जुन लम्सालले थारु  समुदायका २०० जनालाई कम्बल वितरण गरेको रेडक्रस शाखा बर्दियाले जनाएको छ।
गुलरिया  नगरपालिका वडा नम्बर १० मा १०० घरधुरीका २ सय जनालाई कम्बल बाँडिएको हो। यस्तै अन्य विपन्न बस्तीमा पनि कम्बल वितरण गरिने तयारी भइरहेकोे प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।  
अत्याधिक चिसो बढ्दै गएपछि विपन्न बस्तिका सुत्केरी,वृद्ध,महिला,बालकलाई चिसोबाट बच्नका लागि कम्बल वितरण गरिएको  वडा अध्यक्ष विरेन्द्र चौधरीले बताए । 
चिसो मौसममा कम्बल दिई ठुलो सहयोग गरेको भन्दै कम्बल पाएका स्थानिय  खुसी भएका छन्। चिसो दैनिक बढेको छ, चिसो ढाक्ने उचित कपडा नहुँदा चिसोले कठ्याङग्रिएर बस्नुपर्ने बाध्यतामा हामीले कम्बल पायौ,  स्थानिय शालिकराम थारुले भने–‘धेरै खुसी छौ।’ 
दिउँसोको समयमा घाम  नलागे पछि अत्याधिक चिसो बढेपछि विपन्न बर्गका स्थानिय त्यसको मारमा परेका छन्। 

Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न